spot_img

चिकित्सकलाई कारबाहीको माग गर्दै वीरगंजमा प्रदर्शन, संघले भन्यो एकोहोरो दोषी बनाइँदैछ

वीरगंजः चिकित्सकको लापरबाहीका कारण बिरामीको अवस्था नाजुक भएको भन्दै वीरगंजमा प्रदर्शन गरिएको छ। पर्सा, छिपहरमाई गाउँपालिका -२ चेरगाहका ३२ वर्षीय फिरोज अन्सारीको उपचारको क्रममा वीरगंज हेल्थकेयर हस्पिटलका सर्जन डा. आसिफ अन्सारीले लापरबाही गरेको भन्दै आफन्तजनले प्रदर्शन गरेका हुन।

फिरोजका बुवा झुमन अन्सारीको नेतृत्वमा आइतबार बिहान ११ बजेदेखि १ बजेसम्म घण्टाघर र जिल्ला प्रशासन कार्यालय पर्सा अगाडि प्रदर्शन गरिएको हो। डा. अन्सारी र अस्पताललाई कारबाहीको माग गर्दै प्रदर्शन गरिएको हो।

पित्त थैलीको पत्थरी निकाल्न फिरोज साउन २६ गते अस्पताल भर्ना भएका थिए। साउन २६ र २७ गते गरि दुई पटक उनको शल्यक्रिया गरिएको थियो। त्यसपछि अत्यधिक रक्तस्राव भएको थियो। त्यसपछि उनलाई भेन्टिलेटरमा राखेर दुई दिन उपचार गरिएको थियो। बिरामीको अवस्था थप बिग्रिएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका लागि लगिएको थियो।

चिकित्सकलाई एकोहोरो दोषी बनाइयो

घटनामा नेपाल चिकित्सक संघ नारायणीले अस्पताल तथा डाक्टरमाथि एकोहोरो आक्षेप लगाउने काम भइरहेको बताएको छ। आइतबार विज्ञप्ति जारी गर्दै संघका सचिव डा. नौशाद हकले फिरोजको उपचारलाई लिएर विभिन्न सञ्चार माध्यममा आइरहेको समाचारप्रति ध्यानाकर्षण भएको बताएका छन्। उनले घटनामा चिकित्सक र अस्पतालको कुनै दोष नरहेको दाबी गरेका छन्। डा. अन्सारी दक्ष र योग्य चिकित्सक भएको भन्दै शल्यक्रियामा कुनै लापरबाही नभएको विज्ञप्तिमा दाबी गरिएको छ।

अस्पताल र चिकित्सकले बिरामीको ज्यान बचाउन सकेको स्रोतसाधन प्रयोग गरेको र सम्भव नभएपछि रिफर गरिएको विज्ञप्तिमा जनाइएको छ।

मुटु रोगी थिए फिरोजः अस्पताल

शल्यक्रिया गरिएका फिरोज मुटु रोगी रहेको र सो कुरा चिकित्सकसँग लुकाएको अस्पतालका सञ्चालक डा. अबुलहैस अन्सारीले दाबी गरे। मुटु रोगी भएको कारण शल्यक्रियाबाट छातीमा निमोनिया हुँदा अवस्था जटिल बनेको उनले दाबी गरे। उपचारमा अस्पतालले कुनै लापरबाही नगरेको अबुलहैसले दाबी गरे। 



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img