spot_img

चेल्सी लिड्ससँग पराजित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा चेल्सी लिड्स युनाइटेडसँग पराजित भएको छ। एल्याण्ड रोड स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली लिड्सले चेल्सीमाथि ३-० को सानदार जित निकालेको हो।

खेलको ३३ औं मिनेटमा ब्रेन्डेन आरोनसनको गोलमा अग्रता बनाएको लिड्सका लागि दोस्रो गोल ३७ औं मिनेटमा रोड्रिगो मोरेनोले गरेका थिए। पहिलो हाफमा दुई गोलले अघि रहेको घरेलु टोलीका लागि दोस्रो हाफमा ज्याक ह्यारिसनले गोल थपे। उनले मोरेनोको पासमा खेलको ६९ औं मिनेटमा गोल गरे। यता चेल्सीका डिफेन्डर कलिडोउ कोउलीबलीले ८४ औं मिनेटमा रेड कार्ड खाँदै बाहिरिएपछि टोली १० खेलाडीमा समेटिएको थियो। लिड्सन सन् २००२ पछि आठौं खेलमा आएर चेल्सीलाई हराएको हो।

त्यस्तै आजै सम्पन्न अर्को खेलमा ब्राइटोनले वेस्टहममाथि २-० गोलअन्तरको जित निकाल्यो। ब्राइटोनलाई जित दिलाउन एलेक्सिस म्याक एलिस्टरले २२ औं मिनेटमा पेनाल्टीमार्फत र लिओनार्दो ट्रोसार्डले ६६ औं मिनेटमा पास्कल ग्रोसको पासमा गोल गरे।

योसँगै समान ७ अंक जोडेका लिड्स र ब्राइटोन दोस्रो र चौथो स्थानमा उक्लिएका छन्। तेस्रो स्थानमा ७ अंक नै जोडेको टोटेनहम छ भने शीर्षस्थानमा अपराजित आर्सनल ९ अंकसहित रहेको छ।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img