spot_img

एकीकृत समाजवादीले मकवानपुर २ को उम्मेदवारमा विरोध खतिवडालाई गर्‍यो सिफारिस

हेटौँडा : नेकपा (एकीकृत समाजवादी)ले मकवानपुरको क्षेत्र नम्बर २ बाट विरोध खतिवडालाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टी क्षेत्र नम्बर २ को शनिवार बसेको बैठकले खतिवडालाई प्रतिनिधिसभा क्षेत्र नम्बर २ को उम्मेदवार बनाउन पार्टी जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो।

भदौ १० गते बस्ने पार्टी जिल्ला कमिटीको बैठकले खतिवडाको नाम प्रदेश कमिटीमा सिफरिस गर्ने निर्णय गर्ने एकीकृत समाजवादी मकवानपुरका सचिव विष्णु दाहालले जानकारी दिए। आसन्न चुनावका लागि प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा एकीकृत समाजवादीले खतिवडाको एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो।

लगातार चार पटक चुनाव जितेका खतिवडालाई फेरि पार्टीबाट प्रतिनिधिसभामा उम्मेदवार बनाउने निर्णय भएको हो। खतिवडा २०४८, २०५१, २०५६ र २०७४ सालमा भएको निर्वाचनमा विजयी भएका थिए।

यस्तै, समानुपातिकमा केदार न्यौपाने, राजाराम स्याङतान र मुनु सिग्देलको नाम सिफारिस गर्ने निर्णय गरेको छ भने राष्ट्रियसभामा ललित बस्नेतको नाम सिफारिस गर्ने निर्णय भएको पार्टीले जनाएको छ। आजै बसेको प्रतिनिधिसभा २ को प्रदेश (क) र (ख)को लागि पनि उम्मेदवारको नाम सिफारिस गर्ने निर्णय गरेको छ।

प्रदेश (क) को अध्यक्ष किरणमान बलको अध्यक्षतामा बसेको बैठकले (क)मा रामचन्द्र बललाई प्रत्यक्ष र समानुपातिकमै उम्मेदवार बनाउने निर्णय गरेको छ।

यस्तै, समानुपातिकमा बेगम बरालको नाम सिफारिस गर्ने निर्णय गरिएको छ। क्षेत्र नम्बर २ को प्रदेशसभाको (ख)का अध्यक्ष टंक मोक्तानको अध्यक्षतामा बैठक बसेको हो।

त्यस्तै, प्रदेशसभा (ख)मा प्रत्यक्षमा भूमिनन्द अर्याल, समानुपातिकमा गोविन्दराम चेपाङ, कृष्णबहादुर चेपाङ, सूर्यमान चेपाङ (कर्ण) र मनिला विष्टको नाम सिफारिस गर्ने निर्णय गरेको हो। चुनावमा पार्टीबाट उम्मेदवार हुनेको नाम यही १० भदौभित्र सिफारिस गर्नुपर्ने एकीकृत समाजवादीको केन्द्रीय सर्कुलर अनुसार मकवानपुरको क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा र प्रदेशसभाको लागि उम्मेदवारको नाम सिफारिस गर्ने निर्णय गरेको हो।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img