spot_img

रियल मड्रिडको लगातार दोस्रो जित

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिडले सेल्टा भिगोमाथि जित निकालेको छ। बलाइडोस स्टेडियममा सम्पन्न खेलमा मड्रिडले घरेलु टोलीमाथि ४-१ गोलको फराकिलो जित निकालेको हो।

खेलको १४ औं मिनेटमै करिम बेन्जेमाले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै मड्रिडलाई अग्रता दिलाएका थिए। तर, २३ औं मिनेटमा इआगो एसपासले गोल फर्काए, पेनाल्टीमै पाएको अवसर सदुपयोग गर्दै। त्यस्तै ४१ औं मिनेटमा लुक मोड्रिचले डेभिड अल्बाको पासमा २५ यार्डबाट टप कर्नरबाट गोल थप्दा पहिलो हाफमा मड्रिड २-१ गोलले अघि रह्यो।

दोस्रो हाफमा मड्रिडका भिनिसियस जुनियरले अग्रता फराकिलो पारे। उनले खेलको ५६ औं मिनेटमा मोड्रिचकै पासमा गोल गर्दा ६६ औं मिनेटमा फेडेरिको भाल्भर्डेले भिनिसियस जुनियरकै पासमा गोल गरे। त्यसपछी पनि पाएको गोल गर्ने अवसरमा मड्रिड चुकेको थियो। खेलको ८७ औं मिनेटमा पेनाल्टीमा पाएको अवसरमा इडेन हजार्ड चुके। त्यसको बावजुत मड्रिडले ४-१ गोलको फराकिलो जित निकाल्न सफल भयो। ला लिगामा जारी सिजन मड्रिडको यो लगातार दोस्रो जित हो। 

गएराति नै सम्पन्न अन्य खेलहरुमा ओसासुनाले कार्डिजमाथि २-० गोलको जित निकाल्दा रियल बेटिसले मालोर्कालाई १-० गोलअन्तरले हराएको थियो।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img