spot_img

चीनले नेपाली विद्यार्थी फर्काउन खोल्यो भिसा, हवाइ सेवा चाहिँ अनिश्चित !

काठमाडौं : चीनले अन्तर्राष्ट्रिय विद्यार्थी फर्काउनका लागि भिसा आवेदन खुला गरेको छ। 

कोभिड-१९ को संक्रमण पछि बन्द भएको विद्यार्थी भिसा आवेदन सोमवार देखि लिने चिनियाँ दुतावासले जनाएको छ। नेपालसँगै सबै देशबाट विद‍्यार्थीलाई चीन फर्काउने गरी चीनले तयारी गरेको हो। 

लामो समय देखि अध्ययन पूरा गर्न चीन फर्किन नपाएका विद्यार्थीहरुले अब आवेदन दिन सक्ने छन्। त्यसका लागि उनीहरु चीनको शिक्षा मन्त्रालयबाट जारी गरेको भीसा आवेदन फारम (जेडब्लु २०१ र जेडब्लु २०२)को सातमा आवेदन दिनुपर्ने छ। 

नयाँ भर्ना भएका विद्यार्थीका लागि विद्यालयको भर्ना सूचना र पूराना विद्यार्थीले विश्वविद्यालयबाट फिर्ता हुने सिफारिस (रिटर्न टु स्कुल सर्टिफिकेट) पेश गर्नुपर्ने छ। 

त्यस्तै, आफ्नै खर्चमा पढ्ने विद्यार्थीले आर्थिक स्रोतको प्रमाणपत्रसमेत पेश गर्नुपर्ने छ। 

यसरी आवेदन दिने विद्यार्थीहरुले अनलाइन प्रणालीबाट आवेदन दिइ ‘अपोइन्टमेन्ट’ लिनुपर्ने छ। अनलाइन प्रणालीमा भरेको आवेदन प्रिन्ट गरी दरबारमार्ग तीनधारास्थित चिनिया भिसा सेन्टरमा आफैँ उपस्थित हुनुपर्नेछ। 

हाल नेपालबाट नेपाली नागरिकको लागि मात्र भिसा आवेदन लिइने छ। त्यस्तै, नेपालमा रहेका अन्य देशका नागरिकको हकमा स्थायी बसोवासको प्रमाणपत्र पेश गर्नुपर्नेछ। 

चीनले कामदार भिसा, पारिवारिक भिसा, व्यावसायिक भिसा, प्राज्ञ भिसाको लागि आवेदन लिने जनाएको छ।  

भिसा खुल्यो, समस्या विमानको 
चीनले विद्यार्थी फिर्ता लैजाने तयारी गरे पनि हवाई सेवा पूर्ण रुपमा सुरु नहुँदा विद्यार्थीहरु समस्यामा छन्। सामान्यभन्दा सीमित हवाइ सेवाका कारण भाडा तेब्बरभन्दा बढी छ। त्यसमाथि, टिकट पाउने सुनिश्चितता पनि छैन।

‘विश्वविद्यालयले हामीलाई बोलायो। चीनले भिसा दिने पनि भन्यो। तर, हवाइ सेवामा समस्या छ,’ एक विद्यार्थीले भने, ‘हवाई सेवा सुरुका लागि सरकारले पहल गरिदिनुपर्‍यो।’

हाल नेपालबाट हिमालय एयरलाइन्सले कार्गो सेवा दिँदै आएको छ। चीनबाट सीमित मात्रामा विमान नेपाल आउने गरेका छन्। यात्रु विमानभन्दा कार्गो बढी छ।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img