spot_img

काङ्ग्रेस नेता प्रदीप गिरिलाई भेट्न राष्ट्रपति भण्डारी पुगिन् मेडिसिटी अस्पताल

काठमाडौं : काङ्ग्रेस नेता प्रदीप गिरिलाई भेट्न राष्ट्रपति विद्यादेवी भण्डारी मेडिसिटी अस्पताल पुगेकी छिन्। नेता गिरिको स्वास्थ्य अवस्था क्रिटिकल अवस्थामा पुगेको बताइएको छ। गिरिलाई भेट्न राष्ट्रपति भण्डारी शनिवार मेडिसिटी पुगेकी हुन्।

ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत गिरिको अवस्थाको क्रिटिकल रहेको निकट स्रोतले जानकारी दिएको छ। भारतमा लामो समय उपचार गरेपछि गिरिलाई करिब तीन सातादेखि मेडिसिटीमा राखेर उपचार गरिँदै आएको छ। भारतमा गिरिको क्यान्सरको उपचार भएको थियो।

गिरिको स्वास्थ्य बुझ्न केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवा अस्पताल पुगेका थिए। यस्तै, बुधवार साँझ सभामुख अग्निप्रसाद सापकोटाले पनि गिरिको उपचारबारे अस्पतालमा पुगेर जानकारी लिएका थिए।

निकट स्रोतका अनुसार बिहीवारदेखि स्वास्थ्य अवस्था थप जटिल बनेको हो।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img