spot_img

बालिका ‘अपहरण’ प्रयासको अभियोगमा दुई जना समातिए, पक्राउ पर्नेमा प्रहरी जवान पनि

गलकोट : बालिका अपहरणको आरोपमा प्रहरी जवानसहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ।

धादिङ घर भई बागलुङ नगरपालिका-१ रामरेखा बस्दै आएकी सपना थापाकी ६ वर्षीया छोरीलाई अपहरणको प्रयास गरेको भन्दै प्रहरी जवान शङ्कर आचार्य र जैमिनी नगरपालिका-७ की ३६ वर्षीया भगवती क्षेत्रीलाई प्रहरीले आज नियन्त्रणमा लिएको हो।

बागलुङ नगरपालिका वडा नम्बर २ हल्लनचोकमा रहेकी बालिकालाई जबर्जस्ती गाडीमा राखेर प्रहरी जवान आचार्य र ती महिलाले बुद्ध विहारतिर लगेका थिए। स्थानीय र प्रहरीले उनीहरूलाई रोकेका थिए।

प्रहरी नियन्त्रणमा रहेका आचार्य र क्षेत्रीले बालिका भएको स्थानमा पुगेका स्थानीयलाई तथानाम गाली गरेको प्रत्यक्षदर्शी रुद्र महतले बताए। बालिकाकी आमा सपना थापाले प्रहरीबाटै नागरिक सुरक्षित नभएको बताइन्। उनलले आफू कार्यालयमै रहेको र श्रीमान् तरकारी लिन गएको समयमा प्रहरी र महिला मिलेर आफ्नो छोरी अपहरण गर्न खोजेको बताए।

प्रहरीले ती दुई जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा लगेपछि स्थानीयको ठूलो सङ्ख्या राति प्रहरी कार्यालयमा उपस्थित भएका थिए। उनीहरूले दुवै जनालाई कडा कारबाही गर्न माग गरेका छन्।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इन्द्रबहादुर रानाले अपरहण हो या होइन भन्ने विषयमा अनुसन्धान सुरु भएको र मदिरा सेवन गरेका प्रहरी जवानलाई समेत कारबाही गर्ने बताए।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img