spot_img

सुनको तिलहरी बेच्न पसल पुगेकी युवतीले दिनेशलाई यसरी पारिन हनिट्रापमा

काठमाडौं पछिल्लो समय काठमाडौंलगायत देशका विभिन्न स्थानमा हनिट्रापमा पारे ठगी गर्ने घटना दोहोरिइरहेका छन्। त्यस्तै पछिल्लो समय दाङमा यस्तै घटना भएको छ। जिल्ला प्रहरी कार्यालय दाङले हनिट्राप गर्ने चार जनालाई पक्राउ गरि सार्वजनिक समेत गरेको छ।

पक्राउ पर्नेहरुमा रोल्पाका ४० वर्षीय दिलीपकुमार वली, ३२ वर्षीय बिमला डाँगी, २९ वर्षीय शान्ता नेपाली, २२ वर्षीय शर्मिला भन्ने प्रर्मिला नेपाली र दाङ घोराहीकी ३२ वर्षीय पवित्रा डाँगी रहेका छ। उनीहरुले घोराही  उपमहानगरपालिका १० मा सुनचाँदी पसल सञ्चालन गर्ने दिनेश घर्तीमगरलाई हनिट्राप गरेर रकम लिएका थिए।

यसरी पारे हनिट्रापमा

दिनेश केही समयदेखि दाङमा सुनचाँदीको पसल गर्दै आएका थिए। दिलीपसँग उनको चिनजान समेत थियो। त्यही अनुसार दिलीपको समूहले योजनावद्धरुपमा दिनेशलाई टार्गेट बनाएका थिए। साउन २६ गते योजना अनुसार नै दिनेशको पसलमा सुनको तिलहरी बेच्ने बहानामा शर्मिला पुग्छिन्। उनीहरुबीच सुन किनबेचको कुरासँगै फोन नम्बर पनि साटासाट हुन्छ।

केही घण्टा अगाडि मात्र नम्बर साटासाट भएकी शर्मिलाले सोही दिन राति दिनेशलाई फोन गर्छिन्। आफ्नो कोठामा कोही नभएकाले रातिको समयमा कोठामा आउन आग्रह समेत गर्छिन्। जुन कुराको योजना दिलीपसहितको टोलीले बनाएको हुन्छ। रातको ११ बजेतिर दिनेश शर्मिलाको कोठामा पुगिसेका हुन्छन्। उनीहरु कोठामा भएको समयमा दिलीपसहितको टोली ढोका ढक्क ढक्क गर्दै पुग्छन्। त्यसपछि उनीहरुले आफ्नो चेलीलाई जवर्जस्ती करणी गरेको आरोप दिनेशमाथि लगाउँछन्।

उनीहरुले आफूहरुले भनेको कुरा नमाने प्रहरीमा बलत्कारको उजुरी दिने धम्की दिन्छन्। डराएका दिनेशले जसो भन्यो उसै गर्दै जान्छन्। सुरुमा उनीहरुले जग्गा जमिन शर्मिलाको नाममा पास गर्दिन भन्छन्। जग्गा आफ्नो नाममा नभएपछि दिनेशले १ लाख नगद र दुई वटा फरक मितिको २/२ लाखको चेक र अर्कोमा ७ लाख २० हजारको चेक काट्छन्।

दिनेश प्रहरीमा पुगेपछि प्रहरीले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो। अहिले जिल्ला अदालतबाट अपराधिक लाभ शीर्षकमा म्याद लिएर अनुसन्धान भइरहेको छ।

काठमाडौं उपत्यकामा युवतीको प्रयोग गरेर ‘हनी ट्रयापिङ’ गर्ने गिरोहलाई केही साताअघि मात्र प्रहरीले पक्राउ गरेको थियो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विभिन्न स्थानबाट ६ जनालाई पक्राउ गरेको थियो।

उनीहरूले सामाजिक सञ्जालबाट महिलालाई प्रयोग गरी विभिन्न मानिससँग सम्पर्क गरेर भेटघाट गरी विभिन्न झुटा मुद्दा लगाइदिने भन्दै रकम असुली गर्ने गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ। उनीहरूले सुरुमा सामाजिक सञ्जालबाट पुरुषलाई सम्पर्क बढाएर बोलाइ रेस्टुरेन्टमा लगेर खाजा खुवाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

त्यसपछि पुरुषले प्रयोग गर्ने सवारी साधनदेखि बस्ने ठाउँको समेत रेकर्ड लिने गरेको देखिएको थियो त्यसपछि नक्कली परिवारको सदस्य, वकिल र पत्रकार खडा गरेर रकमको बार्गेनिङ गरेको अनुसन्धानमा खुलेको छ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img