spot_img

किन चलिरहेको छ भारतमा अर्जुन कपूरलाई बहिष्कार गर्ने अभियान?

अहिले भारतमा बलिउड फिल्मलाई बहिष्कार गर्ने ‘ट्रेन्ड’ नै चलिरहेको छ। हालै आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’,अक्षयकुमारको फिल्म ‘रक्षाबन्धन’, आलिया भट्टको ‘डार्लिङ’ यही अभियानको सिकार भए। शाहरुख खानको बहुप्रतिक्षित फिल्म ‘पठान’ लाई पनि बहिष्कार गर्नेुपर्ने माग अहिले भारतमा चलिरहेको छ।

यसैबिच, अभिनेता अर्जुन कपूरले बलिउड फिल्म बहिष्कार गर्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै आफ्नो धारणा राखे। उनले बलिउड हंगामासँगको अन्तर्वातामा कलाकारहरू यस विषयमा चुप लागेर बस्नु गलत भएको बताएका थिए। साथै कलाकारको शालिनताको फाइदा उठाएर बहिष्कार गर्ने गरिएको उनले बताए।

अहिले अर्जुन कपूरको सो भनाइको आलोचना भइरहेको छ। सामाजिक सञ्जालमा ‘ब्वाइकट अर्जुन कपूर’ अभियान नै चलिरहेको छ। अर्जुनको अभिनय र प्रेमिका मलिका अरोरासँगको सम्बन्धलाई जोडेर सामाजिक प्रयोगकर्ताहरू आक्रोशित बनेका छन्।

अर्जुनमाथि मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्रा समेत खनिएका छन्। अर्जुन कपूरको बयान जनताका लागि खतरा भएको उनको आरोप छ। मिश्राले अर्जुन एक ‘फ्लप एक्टर’ भएको बताउँदै जनतालाई धम्की दिनुभन्दा अभिनयमा ध्यान दिन जरुरी रहेको बताएका थिए। उनले अर्जुनलाई हिम्मत भएको खण्डमा ‘अरू धर्म’को फिल्म बनाएर देखाउन समेत चुनौती दिएका छन्।

ट्विटर प्रयोगकर्ताले पनि अर्जुन कपूर ‘नेपोटिजम’को उत्पादन भएको आरोप लगाएका छन्। एक प्रयोगकर्ताले भने मनोरञ्जन उद्योगको घमण्डकै कारण अर्जुनले बहिष्कार सहनुपरेको बताएका छन्। 



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img