spot_img

देउवा, प्रचण्ड र सिटौला छुट्टै भेट्दै, त्यसपछि गठबन्धन र कार्यदलको बैठक

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवा र कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलालाई छुट्टै भेट्दै छन्। प्रधानमन्त्री निवास बालुवाटारमा तीन नेताका बिचमा छुट्टै भेटवार्ता हुन लागेको प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

सत्ता गठबन्धनले प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि टिकट बाँडफाँट गर्न साउन २० गते कार्यदल गठन गरेको थियो। उक्त कार्यदलको बुधवारको बैठकले शनिवारसम्म बाँडफाँटको खाका तयार पार्ने निचोड निकालेको थियो। त्यसअघि सत्ता गठबन्धनका शीर्ष नेताहरुलाई भेटेर सिटौलाले गृहकार्यबारे जानकारी दिने तय भएको थियो।

यस्तै बालुवाटारमा गठबन्धनको बैठक बस्ने पनि तय भएको छ। १० बजेका लागि गठबन्धनको बैठक बोलाइएको छ। गठबन्धन र शीर्ष नेताहरुको भेटघाट हुने भएपछि ९ बजेका लागि तय भएको माओवादी केन्द्रको स्थायी कमिटीको बैठक पनि दिउँसो ४ बजेका लागि सारिएको छ। यस्तै आजै प्रतिनिधि सभाको बैठकमा नागरिकता विधेयक अघि बढाउने तय भएको छ। आजै कार्यदलको पनि बैठक बस्ने छ। गठबन्धनले भदौ पहिलो साता बाँडफाँटको काम सक्न कार्यदललाई समयसीमा दिएको छ। 



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img