spot_img

हराएको नागरिकता प्रयोग गरेर कम्पनी दर्ता, विदेश पठाइ दिने प्रलोभनमा ठगी धन्दा

काठमाडौं : हराएको नागरिकता दुरुपयोग गरी कम्पनी खोलेर ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा भक्तपुरको मध्यपुर थिमी नगरपालिका-९ का २८ वर्षीय सुरेश भन्ने प्रदीप कर्मचार्य (कम्पनीका सीईओ), मुगुको खत्याड गाउँपालिका-११ घर भई हाल  बुढानिलकण्ठ नगरपालिका-२ बस्ने २४ वर्षीय विशाल कार्की र खत्याड-८ घर भई हाल बुढानिलकण्ठ-२ बस्ने २१ वर्षीय रामकृष्ण रावत रहेका छन्।

उनीहरुले हराएको नागरिकताको प्रयोग गरेर एभरेष्ट लिंक ईन्टनेशनल एजुकेशन प्रालि नामको प्राईभेट कम्पनी दर्ता गरेको खुलेको छ। सोही नागरीकता पेश गरी सेञ्चुरी बैंक र कुमारी बैंकमा खाता समेत उनीहरुले खोलेको प्रहरीले बताएको छ।

उनीहरुले आफ्नो हराएको नागरिकताको दुरुपयोग गरी वैदेशिक रोजगारमा रसिया पठाइ दिने प्रलोभनमा पारेर सर्वसाधारणलाई ठगी गरेको भन्दै पीडितले प्रहरीमा निवेदन दिएका थिए। सोही निवेदनका आधारमा अनुसन्धान सुरु गरेको प्रहरीले तीन जनालाई प्रकाउ गरेको हो।

पक्राउ परेका उनीहरुले ज्ञानेश्वरस्थित घरमा अफिस खोलेर ठगी कार्य गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ। उनीहरुलाई प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी ठगीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि बुधवार जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img