spot_img

राष्ट्रपतिबाट फिर्ता नागरिकता विधेयक समितिमा नजाने, बिहीबार नै पारित हुने

काठमाडौंः पुनर्विचारका लागि भन्दै राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक जस्ताको तस्तै पारित हुने भएको छ। सत्ता गठबन्धनको निर्णय अनुसार विधेयक समितिमा छलफलका लागि नपठाई सदनबाटै पारितको प्रक्रिया अघि बढाउन लागिएको हो।

सरकारको तयारी अनुसार संसद् सचिवालयले बिहीबार नै विधेयक पारित गर्नेगरि सम्भावित कार्यसूची प्रकाशित गरेको छ। गृहमन्त्री बालकृष्ण खाणको आग्रहमा विधेयक पारितको कार्यसूची प्रतिनिधि सभाले तय गरेको हो।

बिहीबार सरकारका तर्फबाट गृहमन्त्री खाणले सन्देशसहित फिर्ता भएको विधेयकमाथि विचार गरियोस् प्रस्ताव राख्नेछन्। गृहमन्त्रीको प्रस्तावपछि सदनमा पुनर्विचारका लागि पठाइएका विषयवस्तुमा छलफल हुनेछ।

छलफलपछि विधेयक पारितको कार्यसूची पनि बिहीबारका लागि नै तय भएको छ।

राष्ट्रपतिले विधेयक पुनर्विचारका लागि पठाए पनि जस्ताको तस्तै पारित हुने देखिएको छ। सत्ता गठबन्धनले पनि विधेयक परिमार्जन नहुने निर्णय गरिसकेको छ। राष्ट्रपतिबाट विधेयकमा समेटिएको नागरिकता लिन आमाले गर्नुपर्ने स्वघोषणाको विषयमा पुनर्विचार गर्न स्पष्ट रुपमा उल्लेख छ। अन्य विषय भने सैद्धान्तिक रुपमा उठाइएका छन्।  



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img