spot_img

निहारिका प्रकरणका आरोपी शिवराजले प्रहरीसँग अभद्र व्यवहार गरेको भन्दै थुनामा राख्न अनुमति

जनकपुरधाम : निहारिका राजपुत (सोनाली सिंह)माथि बलात्कार आरोप लागेका शिवराज श्रेष्ठलाई जिल्ला प्रशासन कार्यालयले थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ। जिल्ला प्रशासन कार्यालय धनुषाले प्रहरीसँग अभद्र व्यवहार गरेको घटनामा अनुसन्धान गर्नका लागि शिवराजलाई ५ दिन थुनामा राख्न म्याद दिएको हो।

सामाजिक सञ्जालमा गरेका एक पोस्टको विषयमा मंगलवार साँझ सोधपुछका लागि पुग्दा प्रहरीमाथि नै दुर्व्यवहार गरेको भन्दै प्रहरीले शिवराजलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रदीप बहादुर क्षेत्रीले भने, ‘शिवराजले सामाजिक सञ्जालमा गरेका एक पोस्टको विषयमा सोधपुछका लागि प्रहरी शिवराजको घर पुगेको थियो, शिवराजले उल्टै प्रहरीलाई गालीगलौज गर्न थालेपछि पक्राउ गर्नु परेको थियो।’

यस घटनालाई नेहारिका प्रकरणसँग जोड्न नमिल्ने बताउँदै डीएसपी क्षेत्रीले भने, ‘नेहारिका प्रकरणमा शिवराजले जिल्ला अदालतबाट सफाइ पाइ सकेका छन्, यो मुद्दा उच्च अदालत जनकपुरमा चल्दैछ।’

उच्च अदालतमा निहारिका प्रकरणको पेशी भदौ ५ गते छ।

निहारिकाले गत शुक्रवार राष्ट्रपति कार्यालयअगाडि आत्मदाह गर्ने प्रयास गरेपछि सरकारले उनको मुद्दामा चासो देखाएको हो। उनको आत्मदाह प्रयासपछि कानुनमन्त्री गोबिन्द बन्दी आफैँ अस्पताल पुगेर निहारिकासँग भेट गरेका थिए। मन्त्री बन्दीले अनशन तोड्न आग्रह गरेपनि निहारिकाले न्याय नपाएसम्म अनशन नतोड्ने अडान लिएकी थिइन्।

निहारिकाले धनुषा क्षीरेश्वरनाथ नगरपालिका-३ का २३ वर्षीय शिवराज श्रेष्ठले नसालु पदार्थ पिलाएर आफूलाई बलात्कार गरेको तर त्यसबाट जन्मिएको बच्चा अस्वीकार गरेको भन्दै जबर्जस्ती करणीको मुद्दा दायर गरेकी थिइन्। तर, जिल्ला अदालत धनुषाका न्यायाधीश परशुराम भट्टराईले २०७८ माघ २४ गते बलात्कारको दाबी नपुगेको भन्दै श्रेष्ठलाई सफाइ दिएका थिए।

सोही आदेशका कारण अहिले न्यायाधीश भट्टराईलाई सर्वोच्च अदालतले तानेको छ। न्यायाधीश भट्टराईमाथि सोही फैसलाका कारण न्यायपरिषद्ले छानबिन समेत सुरु गरिसकेको छ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img