spot_img

भारतीय नम्बरको ट्रेलरले जीपलाई ठक्कर दिँदा दुई जनाको मृत्यु

धादिङ : पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका-६ चिरौदी पुलस्थित मार्बल बोकेको ट्रेलर र जीप ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ।

चितवनबाट काठमाडौं जाँदै गरेको भारतीय नम्बरको मार्बल बोकेको ट्रेलरले आज वाग्मती प्रदेश-०१-०२५ च ७८७२ नम्बरको जीपलाई ठक्कर दिँदा जीपमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक रमेश थापाले जानकारी दिए।

मृत्यु हुनेमा धादिङको ज्वालामुखी गाउँपालिका-१ का ३० वर्षीय ज्ञानबहादुर नेपाली र सोही स्थानका २५ वर्षीय राजेन्द्र तामाङ रहेका छन्। दुर्घटनामा परी घाइते बनेका चालक र सहचालकको उपचारपछि उनीहरू प्रहरीको नियन्त्रणमा रहेको निरीक्षक थापाले जानकारी दिए।

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

झापामा ट्रकको ठक्करबाट सख्त घाइते भएका स्कुटर चालकको आज मृत्यु भएको छ। यही साउन २७ गते ट्रकको ठक्करबाट घाइते भएका स्कुटर चालक दमक नगरपालिका-४ का ६८ वर्षीय रामजुलुम नायकको आज बिहान १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत दमक-४ मा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ८ ख ३३३३ नम्बरको ट्रकले दक्षिणबाट उत्तरतर्फ बाटो काट्दै गरेको प्रदेश नम्बर १-०४-००१ प २४५५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। उक्त दुर्घटनामा स्कुटर चालक नायक सख्त घाइते भएपछि दकमस्थित निम्स अस्पताल लगिएकामा थप उपचारका लागि विराट नर्सिङ होम विराटनगरमा लगिएको थियो।

उनको उपचारकै क्रममा आज निधन भएको हो। ट्रक चालक अर्जुनधारा-५ का ३८ वर्षीय मातृका दनुवारसहित सवारी साधन इलाका प्रहरीले नियन्त्रणमा लिएको थियो।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img