spot_img

नागरिकता विधेयक फिर्ता गरेको भन्दै जनमत पार्टीले गर्‍यो राष्ट्रपतिविरुद्ध प्रदर्शन

जनकपुरधाम : डा सीके राउत नेतृत्वको जनमत पार्टीले नागरिकता विधेयक फिर्ता गरिएको विरुद्ध प्रदर्शन गरेको छ। सोमवार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार सडकखण्ड अवरुद्ध गरी जनमत पार्टीका कार्यकर्ताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्।

प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पुगेको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले आइतवार फिर्ता गरेकी थिइन्। जसको विरोधमा जनमत पार्टीले मधेशका विभिन्न जिल्लामा प्रदर्शन गरिरहेको पार्टीका नेता बीपी साहले जानकारी दिएए।

‘राष्ट्रपतिको कदम निन्दनीय र जनहित विपरीत रहेकोले यसको विरोध गरेका छौँ’, नेता साहले भने, ‘नागरिकता नपाएर केहीले आत्महत्या गरिसकेका छन्। धेरैले मानसिक यातना खेपिरहेका छन्। तर, सात वर्षदेखि राज्यले नागरिकताविहीनहरुमाथि यातना थोपर्दै गएको छ।’

नागरिकताविहीनहरुलाई नागरिकता नदिने भए शरणार्थी घोषणा गर्न नेता साहले माग गरे। नागरिकताविहीनहरुलाई तत्काल नागरिकता उपलब्ध गराउन माग गर्दै नेता साहले तत्काल संसद्बाट नागरिकता विधेयक पुनः प्रमाणीकरणका लागि पठाउन आग्रह गरे।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img