spot_img

थपिए ८ सय ८८ जना कोरोना संक्रमित, एक जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ८ सय ८८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ५ हजार ७३७ जनामा परीक्षण गर्दा ८ सय ८८ जनामा संक्रमण देखिएको हो।

३ हजार १५५ पीसीआर परीक्षण गरिएकोमध्ये ४२७ जनामा र २ हजार ५८२ एन्टीजेन परीक्षण गरिएकोमा ४६१ जनामा संक्रमण देखिएको हो।

त्यस्तै, सोही अवधिमा ४ सय ७४ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ८७ रहेको छ।

यसैगरी, पछिल्लो २४ घण्टामा थप १ जनाको संक्रमणका कारण मृत्यु भएको छ। योसँगै हालसम्म ११ हजार ९ सय ८९ जनाको नेपालमा कोरोनाका कारण मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण बढेकाले सबैलाई स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img