spot_img

नागरिकता विधेयक फिर्ता हुनु जनताको अपमान : राजेन्द्र महतो, ‘राष्ट्रपतिबाट अभिभावकीय भूमिका निर्वाह भएन’

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०७९ प्रमाणीकरण नगरी फिर्ता गरेर निश्पक्ष एवं अभिभावकीय भूमिका निर्वाह गर्न नसकेको बताएका छन्।

राष्ट्रपतिबाट नेपाल नागरिकता संशोधन विधेयक, २०७९ फिर्ता भएपछि महतोले विधेयक फिर्ता गरिनु जनताप्रतिको अपमान भएको आरोप पनि लगाए।

उनले भने, ‘एउटै विधेयक हिजोको सरकारले ल्याउँदा ठिक र अहिले अर्को सरकारले ल्याउँदा बेठिक भन्ने काम भएको छ, के कति कारणले अहिले ठिक भएन देश र जनतालाई जवाफ दिनुपर्छ।’

सङ्घीय संसदको दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पुगेको नेपाल नागरिकता संशोधन विधेयक, २०७९ राष्ट्रपति भण्डारीले संविधानको धारा ११३ को उपधारा ३ बमोजिम विधेयकमा पुनर्विचार गर्न आवश्यक देखिएको उल्लेख गर्दै आइतवार प्रतिनिधिसभामा नै फिर्ता पठाएकी थिइन्।

महतोले विधेयक फिर्ता हुँदा पद्दतिमाथिनै प्रश्न खडा भएको टिप्पणी पनि गरे। उनले यसकार्यले संविधान, संस्था, र व्यवस्थालाई नै प्रभावित पार्ने काम भएको बताए। ‘संविधानमा फिर्ता पठाउने अधिकार छ, तर के कति कारणले फिर्ता गरियो जनतलाई स्पष्ट पार्नुपर्छ, संविधान, संस्था व्यवस्था सबैलाई प्रभावित गर्ने काम भएको छ। यसबाट प्रभावित जनता झनै पीडित हुने अवस्था आएको छ। बाँकी प्रक्रिया त अघि बढ्ला तर यस कार्यले संस्थाको भूमिका निश्पक्ष देखिएन भन्ने प्रश्न जन्माएको छ’,महतोले भने। रासस

पढ्नुस : राष्ट्रपतिले पुनर्विचार गर्न भनेर फिर्ता पठाएको नागरिकता विधेयकमा छ चाहिँ के?

फिर्ता भएको नागरिकता विधेयक अब कसरी अघि बढ्छ, यस्तो छ प्रक्रिया



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img