spot_img

‘ऐना झ्यालको पुतली’को ट्रेलरमा शिक्षा लिन चाहने किशोरीको सपना

काठमाडौं : सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’को ट्रेलर सार्वजनिक भएको छ। स्कुले शिक्षा लिन चाहने किशोरीको सपना र त्यसमा आउने अवरोधलाई ट्रेलरमा देखाइएको छ।

आगामी भदौ २४ मा प्रदर्शन हुने फिल्मको ट्रेलरमा दिदी-भाइको सम्बन्धका आयामलाई पनि प्रस्तुत गरिएको छ। लेखक/निर्देशकको रुपमा ‘ऐना झ्यालको पुतली’ फिचर फिल्मतर्फ सुजितको डेब्यू हो। सुजितले यसअघि ‘सावित्री’को लेखन तथा निर्देशन गरेका थिए, जुन १४ मिनेटको लघु फिल्म थियो।

‘ऐना झ्यालको पुतली’ दक्षिण कोरियाको बुसान इन्टरनेशनल फिल्म फेस्टिभल, बंगलादेशको ढाका इन्टरनेशनल फिल्म फेस्टिभल, चेक रिपब्लिकको जलिन फिल्म फेस्टिभल र अष्ट्रेलियाको एसिया प्यासिफिक स्क्रिन अवार्ड जस्ता थुप्रै फेस्टिभलमा छनोट भइसकेको छ।

फिल्मले बुसानमा सबैभन्दा ठूलो पुरस्कार राशी रहेको ‘न्यू करेन्ट सेक्सन’ छानिने पहिलो नेपाली फिल्म बनेको थियो। यस फिल्मले ढाकामा सुजित बिडारीलाई उत्कृष्ट निर्देशकको अवार्ड विजेता बनाएको थियो।

यस फिल्मले पहाडी जिल्लाको गाउँमा पढ्ने १३ वर्षीया किशोरीको शहरमा गएर पढ्ने सपनालाई विषय बनाएको छ। किशोरी र उनको ९ वर्षको भाइबिचको बालसुलभ सम्बन्ध पनि फिल्मको रोचक पक्ष रहेको सुजितले बताए।

किशोरीको पढ्ने सपनालाई ऐना जस्तो झ्यालमा अड्किएको पुतलीसँग तुलना गरेर कथा तयार गरेको सुजितले बताए।

‘ऐना झ्यालमा अड्किएको पुतलीले बाहिर के छ सबै देख्छ तर जति प्रयास गरे पनि निस्कन सक्दैन। हाम्रो फिल्मको मुख्य पात्रको अवस्था पनि त्यस्तै छ। उसलाई बाहिर निस्कन छ तर हरेक पटक उसको प्रयासमा केही न केही अड्चन आइरहन्छ। यसमा हामीले हाम्रो देशका महिलाको पनि प्रतिविम्ब देख्न सक्छौं,’ उनले भने।

फिल्ममा सिरु बिष्ट, कञ्चन चिमरिया, दिनेश खत्री, राज थापा, बिशा चामलिङ राई, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ। सिरुबाहेक फिल्मका अधिकांश कलाकार नयाँ हुन्।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img