spot_img

‘हाम्रो फोहोर कहिले उठ्छ?’ : अव्यवस्थित फोहोर मैलाको विरोधमा एमालेको प्रदर्शन

काठमाडौं : अव्यवस्थित फोहोर मैलाको विरोधमा नेकपा (एमाले) काठमाडौंले प्रदर्शन गरेको छ। एमाले काठमाडौंले गठबन्धन सरकारले फोहर व्यवस्थापनमा देखाएको बेवास्ताप्रति विरोध प्रदर्शन गरेको हो।

विरोध प्रदर्शनमा सहभागीहरुले ‘दुर्गन्धले बेहोस हुने भइयो’, ‘हाम्रो फोहोर कहिले उठ्ने?’, ‘गठबन्धन सरकारको महानगरवासीलाई उपहार, काठमाडौं शहर फोहोरै फोहोरको शहर’ लगायत लेखिएको पम्पलेट प्रदर्शन गरेका थिए।

त्यस्तै, प्रतिनिधिसभाको आजको बैठकमा एमाले सांसदहरुले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको दिगो समाधान गर्न ध्यानाकर्षण गराएका थिए। बैठकमा सांसदहरुले केन्द्र र स्थानीय सरकारबिचको समन्वय प्रभावकारी नहुँदा फोहोरले सडकमा सवारी जाम हुने स्थिति उत्पन्न भएको टिप्पणी गरेका थिए।

सांसद योगेश भट्टराईले काठमाडौंमा फोहोर नउठेको हप्तौँ भइसक्दा पनि सरकारबाट कुनै पहल नभएको आरोप लगाउँदै काठमाडौंवासीमा हैजा र झाडापखाला हुनसक्ने खतरा उत्पन्न भएको बताए। उनले साँस्कृतिक शहर काठमाडौंको विकासका लागि एमालेसँग सहकार्यमा आउन महानगर प्रमुख बालेन्द्र शाहलाई आग्रह पनि गरेका थिए।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img