spot_img

मकवानपुरका दुई निर्वाचन क्षेत्रमा ‘हभिवेट’नेताको चर्चा, गठबन्धनमा कसरी मिल्ला भागबन्डा?

हेटौंडा : सरकारले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेसँगै मकवानपुरमा राजनीतिक सरमर्गी बढेको छ। मिति घोषणासँगै सम्भावित उम्मेद्वारबारे यहाँ बहस हुन थालेको छ।

प्रतिनिधिसभा अन्तर्गत यहाँ दुई क्षेत्र छन्। हाल क्षेत्र नम्बर १ बाट नेकपा एमालेका कृष्णप्रसाद दाहाल र २ मा नेकपा एकीकृत समाजवादीका विरोध खतिवडा सांसद छन्।

एमालेले एक्लै चुनावी मैदानमा होमिने घोषणा गरिसक्दा सत्तारुढ गठबन्धन स्थानीय तह निर्वाचनमा जस्तै गठबन्धनको पक्षमा छ। सत्तारुढ दलमा भागबन्डा मिलाउँदा नेपाली कांग्रेसका वाग्मती प्रदेश सभापतिसमेत रहेका इन्द्रबहादुर बानियाँ र एकीकृत समाजवादीको तर्फबाट पूर्वस्वास्थ्यमन्त्री समेत रहेका विरोध खतिवडाले टिकट पाउने चर्चा गठबन्धनभित्र छ। बानियाँले क्षेत्र नम्बर १ र खतिवडाले हालकै क्षेत्र २ नम्बरमा दाबी गरिरहेको एक नेता बताउँछन्। बानियाँ हाल प्रदेश सांसद छन्।

त्यसैगरि, क्षेत्र नम्बर १ मा नेकपा एमालेले हालकै प्रतिनिधि सांसद कृष्णप्रसाद दाहाललाई दोहोर्‍याउने तयारी गरिरहेको बताइन्छ। २०७४ सालको निर्वाचनमा एमालेका कृष्णप्रसाद दाहालले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कमल थापालाई पराजित गरेका थिए। यसपटक पनि उक्त क्षेत्रमा राप्रपा नेपालका केन्द्रिय अध्यक्ष कमल थापा फेरि चुनावी मैदानमा उत्रने तयारीमा छन्। यदी यसो भए क्षेत्र १ बाट थापासँगै  दाहाल, बानियाँ तथा राप्रपा केन्द्रिय सदस्य दीपकबहादुर सिंहबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

क्षेत्र नम्बर २ मा भने कांग्रेसकी सहमहामन्त्री डिना उपाध्यायले दाबी गरिरहेकी छिन्। यद्यपि, भागबन्डा नमिल्दा उनलाई समानुपातिक सूचीमा राख्ने तयारी भइरहेको कांग्रसका एक नेताले बताए। क्षेत्र नम्बर २ मा गठबन्धन भित्र एकीकृत समावादीका खतिवडाको दाबी छ।

खतिवडाविरुद्ध एमालेले हेभिवेट नेता उठाउने तयारी गरिरहेका छन्। क्षेत्र नम्बर-२ बाट वाग्मती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर राना र नेकपा एमालेका वाग्मती प्रदेशका उपसचिव तथा प्रचार विभागका प्रमुख महेश कुमार बर्तौलाको नाम हाल एमाले वृत्तमा चर्चामा रहेको छ।

क्षेत्र नम्बर २ मा पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको सम्भावना धेरै रहेको बताइए पनि उम्मेद्वारीको बारेमा पार्टीभित्र नेताहरुबिच सहमति भएमात्रै उनी मैदान आउने सम्भवना रहेको बताइन्छ। हेटौंडालाई प्रदेशको स्थायी राजधानी कायम गर्न सफल भएकाले उनलाई खतिवडाको विरुद्ध उतार्ने तयारी एमालेको छ। यसैगरि एमालेका युवा नेता महेश बर्तौलाको पनि उत्तिकै सम्भावना रहेको नेताहरु बताउँछन्। राप्रपा र राप्रपा नेपालबाट भने क्षेत्र नम्वर २ मा को उठाउने भन्नेबारे टुंगो लागेको छैन।

मकवानपुरको क्षेत्र १ र २ मा आफ्नो साख बनाउँदै आएको नेकपा एमालेले यस पटकको निर्वाचनमा पनि निकै मुस्किल पर्ने देखिएको छ। स्थानीय तह निर्वाचनमा जसरी नै आफ्नो साख जोगाउन नसक्ला कि भन्ने त्रास रहेको एमालेका नेताहरु बताउँछन्।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img