spot_img

लेक लागेर बेहोस भएका तीन जनाको प्रहरीले गर्‍यो सकुशल उद्धार

काठमाडौं : लेक लागेर बेहोस भएका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

रसुवाको गोसाईकुण्ड गाँउपालिका-५ स्थित गोसाइकुण्ड तीर्थबाट साउन २७ गते घर फर्कने क्रममा लेक लागि बेहोस भएका थिए। बेहोस हुनेहरुमा नुवाकोट ककनी गाँउपालिका-८ बस्ने ४५ वर्षीय नारायण भण्डारी र विदुर नगरपालिका ११ बस्ने २० वर्षीय साधना प्याकुरेल र धादिङ्ग  निलकण्ठ नगरपालिका ३ बस्ने १० वर्षीय निर्जिव दुवाडी छन्।

घटनाको जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गुल्म रसुवाबाट गएको सशस्त्र प्रहरीले उनीहरुलाई पिठ्यूमा बोकी धुन्चे अस्पताल ल्याउने क्रममा उनीहरुको बाटोमै स्वास्थ्यमा सुधार आएपछि आफन्तको जिम्मा लगाई पठाइएको प्रहरीले जानकारी दिएको छ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img