spot_img

न्यूयोर्कमा लेखक सलमान रुश्दीमाथि चक्कु आक्रमण, भेन्टिलेटरमा राखेर उपचार हुँदै

भारतमा जन्मिएका ब्रिटिश-अमेरिकी लेखक सलमान रुश्दीमाथि आक्रमण भएको छ। अमेरिकाको न्यूयोर्कमा एक कार्यक्रममा सहभागी भइरहँदा उनीमाथि चक्कु प्रहार भएको हो। आक्रमणमा अर्को एक व्यक्ति पनि घाइते भएको बीबीसीले उल्लेख गरेको छ।

अहिले रुश्दीको स्वास्थ्य अवस्था गम्भीर रहेको र भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। रुश्दी हाल बोल्न सकिरहेका छैनन् र उनको आँखामा पनि चोट परेको छ।

आक्रमण गरेका व्यक्तिलाई चक्कु प्रहार गरे लगत्तै कार्यक्रममा उपस्थित व्यक्तिहरुले नियन्त्रणमा लिएका थिए। प्रहरीले २४ वर्षीय हादी मतर नामका एक व्यक्तिलाई पक्राउ गरेको छ।

रुश्दीलाई धेरै वर्षदेखि ज्यान मार्ने धम्की आइरहेको थियो। बुकर विजेता रुश्दीले सन् १९८८ मा दी सटानिक भर्सेस प्रकाशन गरेका थिए। त्यसयता उनलाई कट्टपन्थी इस्लामिक समूहले मार्ने धम्की दिइरहेको बताइएको छ। यो किताब प्रकाशन भए पछि उनी करिब १० वर्ष लुकेर बस्न बाध्य भएका थिए। रुश्दीको विरोधमा भारत र इरानमा भएको प्रदर्शनमा कयौं व्यक्तिको मृत्यु भएको थियो। सन् १९९१ मा सो किताबको जापानी भाषामा अनुवाद गरेका लेखकको पनि चक्कु हानेर हत्या गरिएको थियो। यस्तै, इटालियन अनुवादक र नर्वेली प्रकाशकमाथि पनि आक्रमण भएको थियो। उनीहरु भने बाँच्न सफल भएका थिए।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img