spot_img

डीआर उपाध्यायको ‘हो बाबा हो’ गीतको लिरिकल भिडियो सार्वजनिक

काठमाडौं : विश्व कीर्तिमानी गीतकार डा डीआर उपाध्यायको ‘हो बाबा हो’ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ। उपाध्यायको शब्द रहेको गीतको भिडियो डीआर म्युजिक एण्ड क्रियशनमार्फत सार्वजनिक गरिएको हो।

गीतमा बाबुल गिरीको स्वर र सङ्गीत रहेको छ। बुवाले आफ्ना सन्तानप्रतिको निभाउने कर्तव्यबोधलाई गीतमा प्रस्तुत गरिएको छ। जस्तो सुकै परिस्थितिमा पनि सन्तानका लागि खडा हुने बुवाको मायालाई समेटिएको छ।

आमाका साथै बुवालाई पनि बराबर सम्मान दिनुपर्ने हेतुले गीत लेखेको रचनाकार डा उपाध्यायको भनाइ छ।

‘हरेक सन्तानले आमालाई महत्व दिने गर्छन, दिनु पनि पर्छ तर हामीले बाबाको महत्वलाई पनि त्यतिकै सम्मान गर्नुपर्छ भन्ने हेतुले बाबासम्बन्धी गीत सार्वजनिक गरेको हुँ। बाबा सम्बन्धी गीत निकै कम लेखिने पाएकोले मैले यस विषयलाई उठान गरेर गीत लेखेको हुँ,’ उनले भने।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img