spot_img

खेतमा अन्न उब्जाउन सहयोग गर्ने भ्यागुताको आज पूजा गरिंदै, खुवाइदैछ भात र क्वाति

काठमाडौं : नेवार समुदायले श्रावण शुक्ल पूर्णिमाको अवसरमा आज क्वाति पुन्ही (गुंपुन्ही) मनाउँदैछन्। यसदिन टुसा पलाएका चना, मटर, मस्याङ, मुगी, बोडी, मास, भटमास, केराउ लागायतका गेडागुडी भिजाएर त्यसलाई पकाएर क्वाति बनाउने गरिन्छ। यस्ता गेडागुडीको मिश्रण तयार गर्नुअघि टुसा उम्रिने गरी भिजाउने गरिन्छ। निश्चित समय भिजाएर तयार गरिने तातो झोल युक्त क्वाती सन्तुलित मात्रामा खाए शरीरमा स्फूर्ती बढ्ने भनाइ छ।

आजको दिन नेवार समुदयका मानिसले मात्रै क्वाति पिउँदैनन्। भ्यागुतालाई समेत भात र क्वातिसँगै विभिन्न ब्यञ्जन बनाएर खुवाउने परम्परा समेत रहेको छ। नेपालभाषा यसलाई ‘ब्यांजानकेगु’ भनिन्छ। ‘ब्यां’ भनेको भ्यागुता, ‘जा’ भनेको भात।

खेतमा कीरा मारेर अन्न उब्जाउन समेत सहयोग गर्ने प्राकृतिक देवताका रूपमा भ्यागुतालाई सिमीको पातमा खाद्य परिकार राखेर खेतखेतमा गई पूजा गरी यसदिन भोजन गराउने गरिन्छ।

रोपाइँको समयमा र वर्षात् सुरु हुनुभन्दा पहिले खेतमा काम गर्दा कोदालीबाट मरेका कीरा फट्याङ्ग्रा र भ्यागुतालाई मारेको पाप मोचन/ गर्नका लागि आजका दिन भ्यागुतालाई पूजा र भोजन गराउने गरिएको कथन समेत रहेको छ।

पर्यावरणप्रति संवेदनशील यो समुदायले पानी पार्न भ्यागुताको महत्वपूर्ण भूमिका हुने हुँदा त्यसको पूजा गर्ने गर्छन्। भ्यागुता कराएको सुनेपछि स्वर्गका राजा इन्द्रले सुन्ने र त्यसपछि वर्षा हुने जनविश्वास रहेको छ। धानलगायत तरकारीहरु रोपेको समयमा खेतमा पानीको अभाव नहोस भन्ने हेतुले पानी पार्न भ्यागुतालाई क्वाति खुवाउँदै पूजा गर्ने प्रचलन बसेको हो। किसानहरुले खेतमै गएर क्वातिका साथै भ्यागुतालाई रोटी, चामल आदी खुवाउने चलन रहेको छ।

खेतमा काम गरेका किसानलाई जस्तै खेतको हेरचाह गर्ने भ्यागुतालाई समेत पौष्टिक आहार आजको दिन खुवाउने गरिएको इतिहासकार प्रा डा त्रिरत्न  मानन्धर बताउँछन्। यो धेरैजसो ज्यापु समुदायमा प्रचलित पर्व हो।

बिहान नित्य पूजा सकाएर, विभिन्न ब्यञ्जन बनाएर भ्यागुतालाई भात र क्वाति खुवाएपछि मात्रै मानिसहरुले क्वाति खाने गर्छन्। खेतमा किरा मारेर अन्न उब्जाउन समेत सहयोग गर्ने प्राकृतिक देवताका रूपमा भ्यागुतालाई सिमीको पातमा खाद्य परिकार राखेर खेतखेतमा गई पूजा गरी यसदिन भोजन गराउने गरिएको उनले बताए। 

पानी पार्न भ्यागुताको महत्वपूर्ण भूमिका हुनेहुँदा त्यसको पूजा गर्ने कथन समेत छ। भ्यागुता कराएको सुनेपछि स्वर्गका राजा इन्द्रले सुन्ने र त्यसपछि वर्षा हुने जनविश्वास रहेको छ। धानलगायत तरकारीहरु रोपेको समयमा खेतमा पानीको अभाव नहोस् भन्ने हेतुले पानी पार्न भ्यागुतालाई क्वाति खुवाउँदै पूजा गर्ने प्रचलन बसेको समेत बताइन्छ।

तर, यस्तो परम्परा भने बिस्तारै लोप हुने अवस्थामा छ। हाल भक्तपुर, खोकना, बंगमती लगायत धेरै खेत भएका क्षेत्रमा अझै भ्यागुतालाई यसरी ब्यञ्जन खुवाइन्छ। काठमाडौंमा भने यो संस्कृति हराउँदै गएको छ। यद्यपि, केहीले भने घरमै भ्यागुतालाई भाग छुट्याएर भए पनि यस परम्परालाई निरन्तरता दिइरहेका छन्।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img