spot_img

भक्तपुरमा आज सापारु मनाइँदै, काठमाडौंमा शनिवारमात्रै मनाइने

काठमाडौं : आज भक्तपुरमा सापारु मनाइँदैछ। आजको दिन दिवंगत भएका आफन्तहरुको सम्झनामा नेवार समुदायले साया: (गाईजात्रा) निकाल्ने परम्परा रहेको छ।

ललितपुरका केही स्थानमा पनि आजै सापारु मनाइँदैछ। काठमाडौंमा भने शनिवारमात्रै सापारु मनाइँदैछ। यसपटक तिथि विवादले सापारु दुई दिन मनाउन लागिएको हो। काठमाडौंमा बालबालिकालाई प्रतीकात्मक रुपमा गाई वा अन्य केही रुप दिएर नगर घुमाउने चलन रहेको छ। भक्तपुरमा भने छुट्टै किसिमले गाई जात्रा मनाइन्छ।

भक्तपुरमा ताहामचा निकालेर गाईजात्रा मनाइन्छ। जात्रा समापनका क्रममा साँझ परालबाट बनेको ताहमाचा र त्यससँगै भैरव नाथसमेत निकालिने प्रचलन छ।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img