spot_img

कांग्रेसको क्षेत्रीय प्रतिनिधिमै हारेका राजवंशीलाई एमालेले बनायो केन्द्रीय सदस्य

काठमाडौं: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अरु पार्टीबाट एमालेमा प्रवेश गर्नेलाई केन्द्रीय सदस्य बनाएका छन्। नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) त्यागेर आएकालाई ओलीले केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन्।

बिहीबारको एमाले सचिवालय बैठकले चार जनालाई केन्द्रीय सदस्य मनोनयन गरेको हो। थप जिम्मेवारी दिनेबारेमा जिल्ला कमिटीभन्दा माथिल्ला कमिटीले गरेको सिफारिसलाई आधार मानिने प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए। 

कांग्रेसको क्षेत्रीय प्रतिनिधि हार्नेलाई केन्द्रीय सदस्य

नेपाली कांग्रेसको १४औं अधिवेशनमा झापा बिर्तामोड ४ बाट क्षेत्रीय प्रतिनिधिमा पराजित भएका अमृत राजवंशीलाई सचिवालयको बैठकले केन्द्रीय सदस्य मनोनीत गरेको हो। राजवंशी २०७८ असोज १० गते एमाले प्रवेश गरेका थिए। पहिलो र दोस्रो संविधान सभा सदस्य रहेका राजवंशी क्षेत्रीय प्रतिनिधिमा पराजित भएसँगै कांग्रेसमा असन्तुष्ट रहेका थिए। उनले झापामा आयोजित कार्यक्रममा कांग्रेस पुरानो गाडी भएको संज्ञा दिएका थिए।

एमाले प्रवेश गर्नुको कारण एमाले अध्यक्ष ओलीको नेतृत्वको प्रभाव भएको उनले बताए। ‘मैले जुन कमरेड केपी ओलीको नेतृत्वमा सुखी नेपाली समृद्ध नेपाल हामी नेपालीको उत्कट चाहना हो। मेरो गन्तव्य काठमाडौं हो भने अली चाडैँ काठमाडौं पुग्न राम्रो गाडीमा चढे १२ घण्टामा पुग्छु,’ उनले भनेका थिए। 

केन्द्रीय सदस्यमा मनोनीत जीवन गौतम माओवादी परित्याग गरि एमाले प्रवेश गरेका हुन्। उनी घोराही नगरपालिकाको मेयरको आकांक्षी समेत थिए। माओवादीका तर्फबाट दाङको इञ्चार्ज समेत रहेका उनलाई एमालेले केन्द्रीय सदस्यमा मनोनयन गरेको हो। 

बाराका धर्मदत्त देबकोटा माओवादी केन्द्रको केन्द्रीय सदस्य थिए। उनले पनि माओवादी परित्याग गरेर एमाले प्रवेश गरेपछि एमालेले पनि केन्द्रीय सदस्य बनाएको छ। 

यस्तै एमालेको सूर्य चिन्ह लिएर कपिलबस्तु २ बाट निर्वाचित भएका बृजेश गुप्तालाई पनि केन्द्रीय कमिटीमा मनोनयन गरिएको छ।  

बाग्लुङका नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव रहेका नवराज पौडेललाई पनि एमालेले सल्लाहकार परिषदमा मनोनीत गरेको छ। उनी पनि स्थानीय तह निर्वाचनका बेलामा कांग्रेस परित्याग गरेर एमालेमा लागेका थिए। 



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img