spot_img

वीरगंज आइपुग्यो एक लाख बोरा रासायनिक मल, जिल्लाहरुमा पठाउन थालियो

काठमाडौं : कृषि सामग्री कम्पनी लिमिटेडले नेपालमा ग्लोबल बोलपत्रमार्फत खरिद गरेको रासायनिक मल  (युरिया)लाई विभिन्न जिल्ला पठाउन थालेको छ। पर्साको वीरगंज आइपुगेको पाँच हजार मेट्रिक टन रासायनिक मल विभिन्न जिल्ला पठाउन थालिएको हो। 

दुई चरणमा गरि वीरगंज ल्याइएको कूल पाँच हजार मेट्रिक टन (एक लाख बोरा) रासायनिक मललाई आवश्यकताअनुसार विभिन्न जिल्ला पठाउन थालिएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जका सूचना अधिकारी आलोक कुमारले जानकारी दिए।

‘बाँकी रासायनिक मल भित्रिने क्रम जारी छ’, उनले भने।

उक्त नाकाबाट १२ हजार मेट्रिक टन रासायनिक मल वीरगंजस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयमा ल्याइँदैछ। कार्यालयले मधेश प्रदेशसहित काठमाडौँ, काभ्रे, धादिङ, मकवानपुर, सिन्धुली, चितवन, तनहुँ, पर्वत, नुवाकोट, कास्कीलगायत १६ जिल्लामा रासायनिक मलको आपूर्ति गर्दै आएको छ। विभिन्न जिल्लामा रहेको कृषि सामग्री कम्पनीको कार्यालयमार्फत किसानलाई मल विवरण गरिनेछ।।

रासायनिक मल वीरगंजस्थित सिर्सिया सुक्खा बन्दरगाह (ड्राइपोर्ट) नाका हुँदै नेपाल ल्याइएको हो। सरकारले ग्लोबल बोलपत्रमार्फत ओमानबाट खरिद गरेको ३० हजार मेट्रिक टन युरिया मल आपूर्तिको जिम्मा स्वीस सिङ्गापुर ओभरसिज इन्टरप्राइजेज लिमिटेडले पाएको थियो। ओमानबाट नेपालका लागि आयात गरिएको मल पानीजहाजमा सामुद्रिक मार्ग हुँदै भारतको कोलकाता बन्दरगाह हुँदै त्यहाँबाट रेलमा वीरगंज ढुवानी हुँदै आएको छ।

ओमानबाट अहिले खरिद गरी आयात भइरहेको ३० हजार मेट्रिक टन युरियामध्ये मधेश प्रदेशमा आठ हजार पाँच सय मेट्रिक टन वितरण गरिनेछ। पर्साका लागि भने आठ सय ५० मेट्रिक टन (१७ हजार बोरा) र बाराका लागि एक हजार मेट्रिक टन (२० हजार बोरा) युरिया वितरण गरिने छ। रासस



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img