spot_img

थपिए ८ सय ६८ जना कोरोना संक्रमित, तीन जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ८ सय ६८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ६ हजार ७०५ जनामा परीक्षण गर्दा ८ सय ६८ जनामा संक्रमण देखिएको हो। त्यस्तै, सोही अवधिमा ४ सय १४ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ८५ रहेको छ।

यस्तै, पछिल्लो २४ घण्टामा कोभिड-१९ संक्रमणबाट तीन जनाको मृत्यु भएको छ।

अहिलेसम्म संक्रमण भएका ११ हजार ९ सय ७७ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण बढेकाले सबैलाई स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img