spot_img

यसरी नियन्त्रणमा आयो बालाजुको कारखानामा लागेको आगो

काठमाडौं : बालाजुको बाइसधारा र बाइपासको बिचमा रहेको एक जुत्ता कारखानामा लागेको आगो नियन्त्रणमा आएको छ। आज बिहान करिब साढे ११ बजे श्रीराम पाण्डेले संचालन गरेको कारखानामा आगो लागेको थियो। दिउँसो साढे १ बजेसम्ममा आगोलाई नियन्त्रणमा लिइयो।

आगलागीका कारण कारखानासँगै रहेको घर प्रभावित भएको छ। घरको कोठाभित्र आगोको मुस्लो पसेको छ। कारखानासँगै रहेको अन्य केही घरसमेत धुँवाका कारण प्रभावित भएका छन्।

आगो लागेकोको आधा घण्टापछि दमकल आएको थियो। जुत्ताहरु ‘स्टोर’ भएको र प्रज्वलन्शील पदार्थ धेरै भएकाले आगो चाँडो फैलिएको स्थानीय बताउँछन्।

एउटा दमकल आएको केही समयपछि पानीका ट्याङ्करहरु ल्याइएका थिए। आगलागी भएको एक घण्टापछिमात्रै अरु दमकलरु ल्याइएका थिए।

परिस्थितिलाई मध्यनजर गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वारुण यन्त्रसमेत ल्याइएको थियो। अग्नि नियन्त्रक, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो। आगलागीको कारण खुलेको छैन।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img