spot_img

मध्यरातमा बग्यो सुकुमबासी बस्तीको घरटहरा, दृश्यमा बाढीपछिको मनोहरा क्षेत्र

काठमाडौं : मंगलवार रातिदेखि बुधवार बिहानसम्म काठमाडौं उपत्यकामा भारी वर्षा भयो। बाढी पूर्वानुमान महाशाखाले काठमाडौं र भक्तपुरका केही क्षेत्रमा भारी वर्षा भइरहेको भन्दै तटीय क्षेत्रमा सतर्कता अपनाउन राति अपिल पनि जारी गरेको थियो।

मंगलवार मध्यरातमा भक्तपुरको मनोहरा खोलामा एक्कासी पानीको बहाब बढेपछि बस्ती जलमग्न बन्न पुगे। मध्यरातमा बाढी बस्ती पसेपछि मान्छेहरुको भागाभाग भएको थियो। सुकुम्बासी बस्तीमा बसिरहेकाहरु अरनिको राजमार्गसम्म पुगेका थिए। घर डुबानमा पर्दा मानिसहरु घरको माथिल्लो तलामा रातभर बस्न बाध्य भए।

बाढीका कारण मनोहराको तटीय क्षेत्रमा रहेको सकुमबासी बस्तीका घरहरु बगेका छन्। नदीको कटानले सडकहरु पनि भासिएका छन्।

राति नै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय मिलेर प्रभावितहरुलाई उद्धार गरिएको थियो। उद्धार गरिएका मध्ये ३०० जनालाई कोटेश्वर बहुमुखी क्याम्पसमा राखिएको छ।

अविरल वर्षाका कारण काठमाडौंको काँडाघारीमा रहेको प्रहरी प्रभागमा पनि क्षति पुगेको छ।प्रहरी कार्यालयमा मनोहरा खोलाको बाढीले ३ वटा मोटरसाइकल बगाएको छ। बगाएका मध्ये दुई वटा फेला परेका छन्। त्यस्तै प्रभागको पर्खाल समेत बाढीले भत्काएको छ।

 



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img