spot_img

राष्ट्रिय टोलीमा पूर्वकप्तान मल्लको पुनरागमन, यस्तो छ नेपालको केन्या भ्रमणको खेल तालिका

काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले टीममा पुनरागमन गरेका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले केन्यासँगको सिरिजका लागि १६ खेलाडीको सूचि जारी गरेकोमा मल्लले पनि टिममा स्थान बनाएका हुन्। सन्दीप लामिछाने कप्तानमा नियुक्त भएयता एउटा सिरिजमात्र खेलेका मल्ल त्यसयता टिमबाट बाहिर रहँदै आएका थिए। यसपटकको टिममा कुशल भुर्तेल र बिनोद भण्डारीले भने टिममा स्थान बनाएका छैनन्। त्यस्तै नेपाली टोलीमा पहिलो पटक अर्जुन साउदले स्थान बनाएका छन्।

नेपाली क्रिकेट टोलीले केन्यामा पाँचवटा टी २० इन्टरनेशनल र ३ वटा एकदिवसीय(ओडी) खेल खेल्नेछ। नेपालले अगस्ट २५, २६, २८, २९ र ३० मा टी २० इन्टरनेशनल खेल्नेछ भने सेप्टेम्बर २, ३ र ५ मा एकदिवसीय सिरिज खेल्नेछ।

नेपाली टोली

सन्दीप लामिछाने (कप्तान), रोहितकुमार पौडेल, आशिफ शेख, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, आदिल आलम, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बसीर अहमद, अर्जुन साउद, पवन सर्राफ, शाहब आलम, किशोर महतो, विवेक यादव

रिजर्भ

जितेन्द्र मुखिया, भीम सार्की, प्रतिश जिसी, हरिशंकर शाह



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img