spot_img

सौगात र दयाहाङ अभिनित फिल्म ‘२ नम्बरी’को प्रदर्शन मिति परिवर्तन, असोज २१ मा रिलिज हुने

काठमाडौं : दिपेन्द्र लामा निर्देशित फिल्म ‘२ नम्बरी’को प्रदर्शन मिति परिवर्तन गरिएको छ। यो फिल्म आगामी असोज २१ गते रिलिज हुने पक्का भएको हो।

यसअघि यो फिल्म कात्तिक ४ गते प्रदर्शन हुने भनिएको थियो। तर, निर्माण पक्षले अब यो फिल्मको प्रदर्शन मिति दुई साता अगाडि सारेको हो।

प्रस्तुतकर्ता किरण नेपालीले असोजको २१ गतेबाट फिल्म रिलिज हुने जानकारी दिए। वितरकसँग सल्लाह गरेर नै आफूहरुले असोज २१ गते खाली रहेको मितिमा चलचित्र रिलिज गर्न लागेको उनको भनाइ छ।

फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी र उगेन छोदेन मुख्य भूमिकामा छन्। यस फिल्मले दुई साथीको मित्रताको कथा भन्नेछ।सरोज नेपाली कार्यकारी निर्माता रहेको फिल्ममा दीपक मनाङ्गे, अमला देवी राई र जयश श्रेष्ठ निर्माताको रुपमा छन्।

यो फिल्म कात्तिक ४ बाट असोज २१ मा सरेसँगै अब कात्तिक ४ मा फिल्म ‘के घर के डेरा’ले सोलो रिलिजको अवसर पाएको छ।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img