spot_img

काङ्ग्रेसले साउन ३० र ३१ गते स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने, भदौ २ बाट देशभर केन्द्रीय सदस्य खटाउने

काठमाडौं : नेपाली काङ्ग्रेसले साउन अन्तिममा स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ। यसका लागि साउन ३० र ३१ गते देशभरका स्थानीय जनप्रतिनिधिलाई काठमाडौं बोलाएको काङ्ग्रेस महामन्त्री गगन थापाले जानकारी दिए।

‘साउन ३० र ३१ देशभरका स्थानीय सरकारमा निर्वाचित साथीहरुलाई काठमाडौंमा दुई दिन बोलाएर राष्ट्रिय अभिमुखीकरणको कार्यक्रम सञ्चालन गर्दैछौं,’ थापाले भने। यसैगरी काङ्ग्रेसले भदौ २ बाट देशभर चुनाव केन्द्रीत अभियान चलाउने भएको छ। यसका लागि भदौ २ बाट जिल्ला जिल्लामा केन्द्रीय सदस्यहरु खटाइने महामन्त्री थापाले बताए।

‘भदौ २ गतेबाट २४ गतेसम्म केन्द्रीय सदस्यहरुलाई जिल्ला जिल्ला पठाउँदैछौ चुनाव केन्द्रित अभियानका क्रममा,’ थापाले भने। मंसिर ४ गतेका लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन तोकिएसँगै काङ्ग्रेस आन्तरिक छलफलमासमेत जुटेको छ। आजै बालुवाटारमा काङ्ग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक राखेको थियो। बैठकका क्रममा सिट बाँडफाँडमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल भएको बताइएको छ।

काङ्ग्रेस निर्वाचनमा पाँच दलीय गठबन्धनसँग तालमेल गरेर जाँदैछ। यसका लागि पाँच दलीय कार्यदलको प्रारम्भिक बैठक सोमवार बसेको छ। काङ्ग्रेसको तर्फबाट कार्यदलमा कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी रहेका छन्।  



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img