spot_img

राष्ट्रियसभामा खिमलाल देवकोटा : प्रतिनिधिसभाको बैठक राखेर राज्यको दोहन गर्ने काम बन्द होस्

काठमाडौं : राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले प्रतिनिधिसभाको बैठक राखेर राज्यको दोहन गरिएको बताएका छन्। सोमवार राष्ट्रियसभा बैठकमाको विशेष समयमा उनले सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषणा गरेपछि सांसदहरुको कार्यकाल समाप्त भएको बताएका हुन्।

उनले कार्यकाल समाप्त भएका सांसदहरुको नाममा बैठक राखेर राज्यको दोहन नगर्न आग्रह गरे। संविधानले सभामुख र उपसभामुखको पद अर्को निर्वाचनको उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म मात्र कायम रहने उल्लेख गरेको भन्दै उनले संविधान अनुसार सभामुख र उपसभामुख बाहेकका सांसदहरुको कार्यकाल समाप्त भयो भनेर बुझ्नुपर्ने बताए।

उनले भने, ‘संविधानले सभामुख र उपसभामुखको पद अर्को निर्वाचनको उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म मात्र कायम रहने भनेपछि सभामुख र उपसभामुख बाहेकका सांसदहरुको कार्यकाल समाप्त भयो भनेर बुझ्न पनि जरुरी छ। कार्यकाल समाप्त भएका सांसदहरुको नाममा बैठक राख्न पाइदैन। पसल खोल्न पाइदैन। राज्यको दोहन गर्ने काम बन्द होस्।’

उनले निर्वाचनको मिति घोषणा गरेपछि सरकार, प्रतिनिधिसभा र प्रदेशसभा काम चलाउ भएकाले दीर्घकालिन महत्व राख्ने र प्रभाव पार्ने कुनै निर्णय नगर्न तथा नीति तथा कानुन नबनाउन सरोकारवाला निकायको ध्यानाकर्षण गराए।

राष्ट्रियसभा सदस्य देवकोटाले राजनीतिलाई दुहुनो गाई ठान्ने घातक प्रवृत्ति रहेको टिप्पणी गर्दै यस्तो प्रवृत्तिको अन्त्यका लागि लगातार दुई पटक निर्वाचनमा विजयी भएकाहरुलाई तेस्रो पटक टिकट नदिन प्रमुख राजनीतिक दलहरुलाई आग्रह गरे।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img