spot_img

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रिय समितिमा पर्साका १४ जना मनाेनित

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रिय समितिमा पर्साबाट १४ जना मनाेनित भएका छन् । नेपाल सरकारका वन तथा वातावरण मन्त्री प्रदीप यादव, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित १४ जना पार्टीको केन्द्रीय समितिमा अटाएका हुन् ।

मुख्यन्त्री राउतलाई पार्टीको केन्द्रीय कार्यकारिणी सदस्यमा मनोनित गरिएको छ । कार्यकारिणी सदस्यमा पर्सा जिल्लाबाट मुख्यमन्त्री राउत मात्रै छन् ।

वन तथा वातावरण मन्त्री एवम् पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य प्रदीप यादव, क्षेत्र नम्बर ३ का निलम्बीत प्रतिनिधी सभा सदस्य हरिनारायण रौनियार, मोहनलाल चौधरी र बालकिशोर यादवलाई पार्टीको केन्द्रीय राजनीतिक समिति सदस्यमा चयन गरिएको छ ।

त्यसैगरी जसपाकाे केन्द्रिय सदस्यमा,फिराेज मियाँ मन्सुरी, प्रदेश सभा सदस्य करिमा बेगम, अन्जु कुमारी यादव, भिमा यादव, वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, जनार्दन यादव, सिपु तिवारी, पाेखरिया नगरपालिकाकी पुर्व उप मेयर सलमा खातुन, नेतृ रेखा साह मनाेनित भएकाे जसपा का केन्द्रीय सदस्य फिराेज मियाँ मन्सुरीले वताउनुभयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img