spot_img

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जनवरी १ बाट सञ्चालनमा आउने, अक्टोबरमा क्यालिब्रेसन फ्लाइट

काठमाडौंः नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आउँदो जनवरी १ बाट सञ्चालनमा ल्याउने निर्णय गरेको छ।

प्राधिकरणको आइतबार बसेको सञ्‍चालक समिति बैठकले २०२३ जनावरी १ बाट यो विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।

‘प्राधिकरणको ४०४औं सञ्चालक समितिको बैठकमार्फत् आउँदो जनवरीबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल फुलफ्लेजमा सञ्चालनमा ल्याउने निर्णय भएको छ। यसका लागि विमानस्थल नजिक रहेको डाँडा कटान र ल्यान्डफिल साइट क्लियर गर्ने कार्य द्रूत गतिमा अगाडि बढाउने पनि निर्णय भएको छ,’ निरौलाले भने।

साथै, आउँदो अक्टोबरमा यो विमानस्थलको फ्लाइट क्यालिब्रेसन सम्पन्न गर्ने योजना रहेको पनि उनले जानकारी दिए। फ्लाइट क्यालिब्रेसन सकिएलगत्तै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका लागि छिट्टै उडान सञ्चालन अनुमति लिन आवेदन माग्ने क्यानले योजना बनाएको छ।

यो विमानस्थल स‌ञ्चालनमा आएसँगै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टिआइए) मा हुँदै आएको एयर ट्राफिक चाप न्यून गर्न थप मद्दत पुग्ने प्राधिकरणको अपेक्षा छ।

२२ अर्ब रुपैयाँ लागतमा निर्माण गरिएको यो विमानस्थलमा न्यारोबडी सिरिजसम्मका जहाज उडान सञ्चालन हुने बताइएको छ। क्षेत्रीय स्तरका वायुसेवा यस विमानस्थलमा सेवा स‌ञ्चालनका लागि जोडिने विश्वास गरिएको छ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img