काठमाडौंः नेपाल समाजवादी पार्टीको अध्यक्षमा डा बाबुराम भट्टराई र महिन्द्र राय यादव चयन भएका छन्। केन्द्रीय समितिको पूर्ण बैठक भट्टराई र यादवलाई अध्यक्ष चयन गरेको हो। जनता समाजवादी पार्टीबाट अलग भएर नेपाल समाजवादी पार्टी गठन गरिएको हो।
पार्टीको सहध्यक्षमा गंगानारायण श्रेष्ठ, उपाध्यक्षमा हिसिला यमी, भक्तबहादुर शाह, दुर्गा सोव र महासचिवमा रमेशप्रसाद यादवलाई चयन गरिएको छ।
बैठकले ९ जना केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई प्रदेश इन्चार्ज पनि तोकेको छ। जसमा प्रदेश १ मा राजेन्द्र कुमार किराती, मधेस प्रदेशमा देवेन्द्र यादव, वाग्मतीमा अक्कलबहादुर थिङ, गण्डकीमा मोतीप्रसाद पंगाली, लुम्बिनीमा कमलप्रसाद खनाल, कर्णालीमा देवीबहादुर बुढाथोकी, सुदूरपश्चिममा जनक शाह, गैरभौगोलिक विशेष प्रदेशमा ईश्वर रिजाल र प्रवास विशेष प्रदेशमा घमानसिं गुरुङ रहेका छन्।
बैठकले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ।