spot_img

इजरायलद्वारा गाजापट्टीमा आक्रमण, ५ वर्षीया बालिकासहित १० जनाको मृत्यु

इजरायलले गाजापट्टीमा आक्रमण गरेको छ। प्यालेस्टाइनी पर्यवेक्षकहरुका अनुसार शुक्रवार इजरायलले मिसाइल आक्रमण गरेको हो। उक्त आक्रमणमा परेर १० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पाँच वर्षीया बालिकासमेत रहेको छ। आक्रमणका कारण ५५ जना घाइते भएका छन्।

आक्रमणका क्रममा इस्लामिक जिहादका कमान्डर तयसिर अल जबरीको पनि मृत्यु भएको बताइएको छ। जिहादले  इजरायलको मिसाइल आक्रमणको जवाफमा आफूहरुले पनि १०० वटाभन्दा बढी रेकट आक्रमण गरेको जनाएको छ। जिहादसँग संलग्न रहेका एक सदस्यलाई इजरालयले पक्राउ गरेपछि यो आक्रमण भएको हो।

यता, इजरायलले पनि गाजापट्टीबाट आफूहरुमाथि आक्रमण भएको दाबी गरेको छ। इजरायलले लडाकू शिविरलाई लक्षित गरेर आक्रमण गरिसकेको जनाएको छ।

 



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img