spot_img

सुदूरपश्चिममा फेरि उकालो लाग्दै कोरोना सङ्क्रमण, साढे ५ महिनापछि एक सङ्क्रमितको मृत्यु

कैलाली : सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणको ग्राफ फेरि उकालो लाग्न थालेको छ। भारतबाट नेपाल आउनेहरुमा पछिल्लो समय संक्रमण देखिन थालेपछि प्रदेशमा कोरोनाको ग्राफ उकालो लागेको हो। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हाल प्रदेशमा सक्रिय संक्रमितको सङ्ख्या ७५ पुगेको छ। असार मसान्तसम्म यो सङ्ख्या एक अङ्कमा सीमित थियो। अहिले भारतबाट आउनेमा संक्रमण बढेसँगै समुदायमा पनि संक्रमण देखिन थालेका हो।

साउन दोस्रो साताबाट संक्रमण दोहोरो अङ्कमा उकालो गति लागेको थियो। पछिल्लो तीन दिनमा लगातार दैनिक ५० भन्दा बढीमा संक्रमण देखिएको छ। संक्रमण देखिएपछि सिमानाकामा कडाइ गरिएको प्रदेश सामाजिक विकास मन्त्री गोविन्दराज बोहराले बताए।

संक्रमण उकालो लागेसँगै यहाँ साढे ५ महिना पछि एकजना संक्रमितको मृत्यु भएको छ। शुक्रबार बिहान कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका-६ का ५० वर्षीय संक्रमितको मृत्यु भएको हो। अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार बिहीबार ‘अल्कोहोलिक हेपाटाइटिस’को समस्या देखिएपछि उनी सेतीको साधारण वार्डमा भर्ना भएका थिए। कोरोना परीक्षण गर्दा राती संक्रमण पुष्टि भएको र बिहान ८ बजे मृत्यु भएको श्रेष्ठले बताए। मृतकले यसअघि कोरोनाविरुद्धको खोप नलाएको पाइएको छ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img