spot_img

साफ यू २० को फाइनलमा भारत र बंगलादेश भिड्दै, कसको योजना के?

काठमाडौं : साफ यू २० च्याम्पियनसिपको फाइनलमा आज बंगलादेश र भारत प्रतिस्पर्धा गर्दैछन्। भारतको भुवनेश्वरस्थित कालिंगा फुटबल रंगशालामा यी दुई टोली आमनेसामने हुँदैछन्। खेल साँझ पौने ७ बजे सुरु हुनेछ।

यसअघि लिग चरणमा बंगलादेशले भारतलाई २-१ गोलअन्तरले हराएको थियो। बंगलादेश शीर्ष स्थानमा रहँदै र भारत दोस्रो स्थानमा रहेर फाइनल पुगेको थियो। भारतीय टोलीको सनमुगम वेङ्कटेसले विषेश भावना रहेको बताए।

‘फाइनलमा प्रतिस्पर्धा गर्नु सँधै विशेष अनुभव रहन्छ। म प्रशिक्षक र खेलाडीका रुपमा तीनवटा साफ च्याम्पियनसिप जित्ने अवसर पाएको छु। सहायक प्रशिक्षकका रुपमा सिनियर टिममै दुईपटक फाइनल खेलाएको अनुभव छ। यो मेरा लागि विशेष अनुभव हो, ‘ उनले भने,  ‘हामीले यो सुनिश्चित गर्न आवश्यक छ कि हामी ‘ओभरविल्म्ड’ छैनौं। हामीले त्यहाँबाट बाहिर निस्केर हाम्रो खेल खेल्नुपर्छ, र खेल जित्नुपर्छ।’

उनले अगाडि भनेका छन्, ‘बंगलादेशको राम्रो टिम छ भन्ने कुरा उनीहरुले हामीसँगको अघिल्लो खेलमा देखाइसकेका छन्।

अर्कोतर्फ बंगलादेशका प्रशिक्षक पउल स्मलीले भारतका सबै खेल हेरेको भन्दै त्यहीअनुसारको रणनीति बनाउने बताए।

‘उनीहरूले माल्दिभ्सविरुद्ध हामीविरुद्धको खेलभन्दा धेरै फरक खेले। हामीले उनीहरूका सबै खेलहरू र उनीहरूले आफ्नो खेल कसरी परिवर्तन गर्छन् भनेर समीक्षा गरेका छौं, र हामीले सोहीअनुसार तयारी गरेका छौं,’ उनले भने,  ‘हामीले उनीहरूको कमजोरीमा कसरी खेल्ने भनेर बुझ्दछौं, उनीहरूले पनि हाम्रो कमजोरीहरु हेरिरहेका छन्।’

दुबै टोलीका समान १ जना खेलाडी सस्पेन्ड छन्। बंगलादेशका सहिदुल इस्लाम र भारतका पार्थिब गोगोइ मैदान बाहिर हुनेछन्।

नेपाली टोली फर्कियो

साफ च्याम्पियनसीपको फाइनल प्रवेश गर्न असफल रहेको नेपाल स्वदेश फर्किएको छ। नेपालले ४ खेल खेल्दा २ वटामा जित, एउटा हार र एउटा बराबरी खेलेको थियो।

बिहीवार स्वेदश फर्किएको टोलीका प्रशिक्षक केसीले तेस्रो खेलमा भारतसँग पराजयले दक्षिण एसियामा नेपाली टोलीको मिहिनेत नपुगेको स्वीकार गरे। केसीले मिहेनतका बाबजुत पनि नतिजा अपेक्षा अनुसारको नतिजा हात नलाग्दा आफू निकै दुःखी भएको बताए।

नेपाली टोलीका कप्तान आयुष घ्लानले भारतसँगको हारले टोलीलाई धेरै पाठ सिकाएको बताए। फराकिलो पराजय भएपनि भारतसँगको खेलबाट नेपाली टोलीमा शारीरिक खेल र टेक्कनिकल विषयमा अझै मिहिनेत गर्न आवश्यक रहेको घ्लानको बुझाई रह्यो। भारतसँग फराकिलो हार हुनुमा खेलाडीमा अनुभव कम भएको उनले बताए।

राउण्ड रोबिन लिगको प्राणालीमा आयोजना भएको प्रतियोगितामा नेपाल तेस्रो बन्दा फाइनलको ढोका बन्द भएको थियो। प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले माल्दिभ्सालाई ४–० ले हराएको थियो भने आफ्नो दोस्रो खेलमा श्रीलंकामाथि ३–० को जित निकालेको थियो। तेस्रो खेलमा भारतसँग ८–० को लज्जास्पद हार भोगेको नेपालले अन्तिम खेलमा बंगलादेशसँग १–१ को बारबरी खेलेको थियो।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img