spot_img

थपिए ७ सय ६० जना कोरोना संक्रमित, संक्रिय संक्रमितको संख्या ५ हजार ६०२ पुग्यो

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ७ सय ६० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार ५ हजार ९२६ जनामा परीक्षण गर्दा ७ सय ६० जनामा संक्रमण देखिएको हो। त्यस्तै, सोही अवधिमा ३ सय २४ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर संक्रिय संक्रमितको संख्या ५ हजार ६ सय २ रहेको छ।

यस्तै, पछिल्लो २४ घण्टामा कोभिड-१९ संक्रमणबाट एक जनाको मृत्यु भएको छ।

अहिलेसम्म संक्रमण भएका ११ हजार ९ सय ६९ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण बढेकाले सबैलाई स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img