spot_img

आजकै मन्त्रिपरिषद्बाट होला त चुनावको मिति तय?

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो।

उक्त बैठकमा प्रदेश तथा प्रतिनिधिसभाको चुनावको मिति तोक्ने तयारी भइरहेको छ।

‘हामीले एजेण्डा त हेरेका छैनौँ तर आजको बैठकबाट चुनावको मिति घोषणा हुने सम्भावना छ,’ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले भने।

सत्ता गठबन्धनको बुधवारको बैठकले मंसिर ४ गते चुनावको मिति तोक्ने समझदारी गरेको थियो। उक्त सहमति अनुसार मन्त्रिपरिषद्को बैठकबाट चुनावको मिति घोषणा गर्ने तयारी भएको हो।

निर्वाचन आयोगले असार २२ गते देउवालाई भेटेर मंसिर ४ गते चुनाव गर्न सुझाव दिएको थियो। उक्त सुझाव दिएको एक महिनापछि सरकार चुनावको मिति तोक्ने तयारीमा छ। देउवाले केही दिनअघि नै चुनावको मिति तोक्ने तयारी गरे पनि गठबन्धनमा सहमति हुन नसकेपछि चुनावको मितिबारे सरकार अनिर्णित थियो।

यस्तै, प्रदेश तथा प्रतिनिधिसभामा गठबन्धन गरेर कसरी जाने भन्नेबारेमा पनि सत्तारुढ दलका नेताहरु छलफलमा जुटिरहेका छन्। सरकारमा रहेका वाम पार्टीहरु मिलेर मोर्चा बनाउनेबारेमा पनि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल लगायतका नेताहरु गृहकार्यमा छन्। सत्तामै रहेको जनता समाजवादी पार्टी जसपा हाल विभाजनको अवस्थामा छ।

त्यस्तै, गठबन्धन प्रतिनिधिसभा चुनावसम्मै राख्ने या चुनावको मिति घोषणा गरेर विघटन गर्ने भन्नेबारेमा पनि अलमलमा छ। यसअघि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गरेको दुई पटकको संसद् विघटनविरुद्धको फैसलामा प्रतिनिधिसभा विघटन गर्न नमिल्ने उल्लेख भएको भन्दै गठबन्धनका नेताहरु चुनावसम्मै प्रतिनिधिसभा राख्न चाहिरेका छन्।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img