spot_img

आजको मौसम : देशभर बदली, गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं : आज देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्‍सहित हल्क देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै, आज राती देशभर आंशिकदेखि सामान्य बदली रहने र केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ।

आज बिहानैदेखि गण्डकी प्रदेशको कास्कीको जुमलेटी, पोखरा विमानस्थल, लामापाटन, घलेखर्कलगायत धरै स्थानमा र पर्वत, गोरखा र आसपास केही स्थानमा भारी बर्षा भएको छ। उक्त जिल्ला भई बहने साना नदीमा आकस्मिक बहाव हुन सक्ने भन्दै बाढी पूर्वानुमान महाशाखाले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img