काठमाडौं : गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको कस्मेटिक सामान बनाउने कारखानामा प्रहरीले छापा मारेको छ।
लाखौँ बराबरको सामानसहित कारखानामा सिल गरिएको छ। कमसल प्रकारको कस्मेटिकको सामान बनाउने र ब्रान्ड चलेका ब्रान्डको लेभल लगाउने गरेको सूचना आएपछि प्रहरीले छापा मारेको थियो।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।