spot_img

ट्राफिक चेकिङमा थप कडाइ : आज २६३ जना चालक परे कारबाहीमा

काठमाडौं : ट्राफिक प्रहरीले आज गरेको विशेष चेकिङका क्रममा २ सय ६३ जना चालक कारबाहीमा परेका छन्। जसमा पानी बोक्ने सवारी साधन ७१ ओटा, एम्बुलेन्स ५ ओटा र अन्य सवारी साधन १ सय ८७ रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।

ट्राफिक प्रहरीले मदिरा सेवन गरी सवारी साधन चलाउने ७ जना चालकलाई समेत कारबाही गरेको जनाएको छ। जसमध्ये २ जना स्कुल बसका चालक रहेका छन्।

त्यस्तै, नम्बर प्लेट नराखी चलाएको एउटा एम्बुलेन्सलाई समेत ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए। आरक्षण सिटको कार्यान्वयन नगर्ने ७९ ओटा माइक्रो तथा बसका चालकलाई ट्राफिक प्रहरीले आज कारबाही गरेको छ।

काठमाडौं उपत्यकाको रत्नपार्क, स्वयम्भु, सोख्रखुट्टे, बौद्ध र जावलाखेल क्षेत्रमा चल्ने सार्वजनिक सवारी साधनमा ट्राफिक प्रहरीले अनुगमन गर्दा सवारी साधनमा छुट्याइएका आरक्षण सिटमा सम्बन्धित व्यक्तिहरू नराखेको पाइएकोले कारबाही गरीएको कार्यालयले जानकारी दिएको छ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img