spot_img

गठबन्धनको सत्ता स्वार्थले संकट निम्त्याउँदैछ : सूर्य थापा

बुटवल : नेकपा (एमाले)का पोलिटब्युरो सदस्य सूर्य थापाले सत्ता स्वार्थको गठबन्धनका कारण मुलुकको राजनीति जटिल मोडमा पुग्न लागेको बताएका छन्। उनले वर्तमान सत्ता गठबन्धनले संविधानका मूल्य मान्यता र मर्मलाई उल्लंघन गर्दै एकपछि अर्को गल्ती गर्दै अगाडि बढेको उल्लेख गरे।

लुम्बिनी प्रेस क्लबले बुधवार भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता थापाले गठबन्धनले संविधान, कानुन, अभ्यास र नजिरका आधारमा नभई अन्त कतैको तजबिजमा र आदेशमा अगाडि बढेको दाबी गरे। गठबन्धनको चक्कर र सत्ता स्वार्थले मुलुकको राजनीति जटिल बन्दै गएको र स्थायित्वको चाहना राख्ने जनतामा निराशा छाएको नेता थापाको भनाइ थियो।

दशकौँदेखिको पहल र प्रयासबाट मुलुकमा राजनीतिक स्थायीत्व कायम हुन थालेका बेलामा परमादेश, गठबन्धन र अनेक स्वार्थका कारण फेरि राजनीतिक अस्थिरता निम्त्याउन खोजेको नेता थापाको भनाइ थियो। जनताले अस्थिरता नरुचाउने भएकाले एमालेलाई जनताले बहुमत दिन्छन् भन्ने विश्वास रहेको उनको भनाइ थियो।

निर्वाचनको मिति तोक्न निकै बहानाबाजी र चलखेल गरेर गठबन्धनले आवधिक निर्वाचन नै टार्न खोजिरहेको संकेत दिइरहेको नेता थापाको आरोप छ। अनेक खालका बहानाबाजी गर्नु र अनावश्यक चलखेल गर्नु त्यसैको संकेत रहेको उनको भनाइ थियो।

संविधानको व्यवस्थालाई कानुनी स्वरुप दिन केही वर्ष अघि ल्याइएको विधेयकलाई अड्काएर र फिर्ता गरेर अहिले गठबन्धनले चुनाबको मुखमा फरक प्रावधानसमेत राखेर विधेयक ल्याएको नेता थापाको दाबी छ।

‘नागरिकता विधेयक ठीक हो या बेठीक, यो प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भइसकेपछि म त्यसको बहसमा जान्न र यो यसको प्रक्रियाका सन्दर्भमा समितिले लामो छलफल गरेर टुंग्याएको विषयलाई बेवास्ता तथा उपेक्षा गरेर केही भएको छैन जस्तो गरी त्यसलाई फिर्ता गरेर नयाँ विधेयक दर्ता गरी पारित गरिएको छ र यो प्रचण्डको दिल्ली भ्रमण लगत्तै भएको छ,’ उनले भने।

हिजो आफैँले हलो अड्काएको विषयलाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिल्ली भ्रमणबाट आएपछि सौदाबाजी गरेको र अन्त कतैको आदेश तामेली गरेको उनले आरोप लगाए।

‘जन्मसिद्ध नागरिकका सन्तानलाई वशंज नागरिकता दिनुपर्छ भन्नेमा हाम्रो कुनै विवाद छैन्’, उनले भने, ‘नेपालका नागरिकले नागरिकता पाउनुपर्छ, गैरनागरिकले नागरिकता पाउनुहुँदैन।’

उनले नागरिकतालाई राजनीतिको विषय बनाउन नहुने बताए।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img