spot_img

प्रचण्ड – नेपाल गृहकार्यमै : वामदेवलाई हटाएर ‘सफल’को समूहले बनायो समाजवादी केन्द्र

काठमाडौं : वामदेव गौतमको नेतृत्वमा रहेको नेकपा एकता राष्ट्रिय अभियानको असन्तुष्ट पक्षले ‘समाजवादी केन्द्र’गठन गरेको छ। गौतमलाई नै निष्कासन गरेका युवराज सफल,कृष्ण गोपाल वञ्जारा,निलकण्ठ पौडेल,मिननाथ देवकोटा र तेजबहादुर कार्की लगायतका नेताले अभियानको नाम नै परिवर्तन गरेको जानकारी निर्वाचन आयोगलाई दिएका हुन्।

उनीहरुको निवेदनलाई निर्वाचन आयोले दर्ता गरेको छ। उनीहरुले आयोगलाई बुझाएको निवेदनमा गौतमलाई संयोजक बाट हटाएर सफललाई संयोजक तोकिएको उल्लेख छ। 

उनीहरुले नेकपा एकता राष्ट्रिय अभियानको नाम परिवर्तन गरेर समाजवादी केन्द्र राखेको जानकारी गराएका हुन्। समाजवादी केन्द्रलाई चुनावी मोर्चा बनाउने पनि असन्तुष्ट नेताहरुले निर्णय गरेका छन्। विचार मिल्ने पार्टीसँग एकता तथा चुनावी मोर्चा गर्ने निर्णय पनि उनीहरुले गरेका छन्। साउन २० गते समाजवादी केन्द्र घोषणाको कार्यक्रम साउन २० गतेका लागि राखिएको छ। 

समाजवादी केन्द्र बनाउनेबारे वामदेव गौतमलगायत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीको कारवाहीमा परेका जसपाका अध्यक्ष बाबुराम भट्टराई लगायतले छलफल गरिरहेका छन्। प्रचण्ड, नेपाल, गौतमलगायतका नेताहरुले समाजवादी केन्द्र बनाउनेबारे दुई पटक सिंहदरबारमा छलफल गरेका थिए। 

 



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img