spot_img

राखेपको बोर्ड बैठक ओखलढुंगाको एउटा क्लबको जतिको पनि थिएन : वाग्ले

काठमाडौं : प्रदेश १ का खेलकुद बोर्डका सदस्य-सचिव हंसराज वाग्लेले राखेपको बोर्ड बैठक ओखलढुंगाको एउटा क्लबको जत्तिको पनि नभएको आरोप लगाएका छन्। नेपाली भलिबल संघको नेतृत्वमा उम्मेद्वारी घोषणा कार्यक्रममा पुगेका सदस्य-सचिव वाग्लेले राखेपको बोर्ड बैठक एउटा क्लब स्तरको पनि नभएको आरोप लगाएका हुन्।

‘राष्ट्रिय खेलकुद परिषदको बैठक ओखलढुंगाको एउटा युवा क्लबको जतिको पनि थिएन। सचिवले सदस्य सचिवलाई गाली गरेको छ। एउटाले एकथोक भनेको छ। अर्कोले अर्कोथोक भनेको छ। कुरा केही थाह छैन। खेलाडीको बारेमा पत्तो छैन,’ उनले भने। 

गएको साउन १५ गते राखेपको बोर्ड बैठक बसेको थियो। युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा बसेको बैठकले वार्षिक बजेट, नवौं राष्ट्रिय खेलकुद, खेल संघ विवाद अन्तर्राष्ट्रिय प्रतियोगिता लगायतका विषयमा निर्णय गरेको थियो।

गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद २०७९ को सम्बन्धमा खेलाडी तथा अफिसियललाई दैनिक दुई हजार रुपैयाँ भत्ता दिने तथा प्रदेश छनौटका लागि आवश्यक बजेट उपलब्ध गराउने निर्णय गरेको छ। बैठकले सम्बन्धित जिल्ला तथा प्रदेशका खेलाडीहरुले मात्र सम्बन्धित टिममा सहभागी हुनुपर्ने, प्रदेश तथा विभागीय टिमहरुले भदौ १५ गतेसम्म खेलाडीको संख्या र २५ गतेसम्म नाम दर्ता गराई सक्नुपर्ने लगायतको नियम लागू गर्ने भएको थियो।

राष्ट्रिय खेलकुदमा प्रत्येक टिमबाट खेलाडी महिला ३३९ र पुरुष ३६९ कोटा निर्धारण गरिएको छ। त्यस्तै ३६ खेलमा प्रतिस्पर्धा हुनेछ भने २ वटा खेलको प्रर्दशनी हुनेछ। खेल इभेन्टको संख्या ४०७ र टिम ११ वटा हुने छन्। राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म हुनेछ।

अध्यक्षको उम्मेद्वार निरोज मास्केलाई समर्थन गरेका उनले भलिबल संघको चुनाव गराउन नहुने र सर्वसम्मतिबाट नेतृत्व चयन गर्नुपर्ने सुझाव दिए। उनले आफूले भलिबल संघको अध्यक्षमा हारेपछि भलिबल छाडेको स्मरण गर्दै चुनावले क्षमतावान व्यक्तिहरु बाहिरिने बताए।

‘भलिबलमा चुनाबमा हारेपछि म टाढिएँ। म हारेँ, हारेपछि मलाई चुनाव हराएपछि किन आइरहनु भन्ने भयो। त्यसपछि म कहिल्यै आएन। कुनै पनि हालतमा निर्वाचन गर्नुहुँदैन। गर्न दिनु पनि हुँदैन,’ उनले भने, ‘ उपाध्यक्षमध्येबाट एकजना अध्यक्ष बन्नुहोस्। बसेर छलफल गरे यो मिल्छ।’

उनले संघको सदस्यबारे पनि विधान स्पस्ट नभएकाले सर्वसहमतिमै जोड दिए।

‘हामी प्रदेशको सरकारको नुन खाएका व्यक्ति छौं। सरकारी काम गर्नुपर्छ। सरकारको मान्छे आएर फलानो प्यानललाई सपोर्ट गर्‍यो नभन्नुहोला। मलाई जहाँ बोलाए पनि भन्ने कुरा यही हो। चुनाव हुनुहुँदैन।’



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img