spot_img

ताइवानले पेलोसीलाई सर्वोच्च नागरिक सम्मानबाट विभूषित गर्‍यो, न्यान्सीले भनिन् : अमेरिकाले ताइवानलाई एक्लै छाड्ने छैन

अमेरिकी सभामुख न्यान्सी पेलोसी र ताइवानी राष्ट्रपति साइ इङ वेन बिच भेटवार्ता भएको छ। चीनको चेतावनी बाबजुद मंगलवार राति ताइवान पुगेकी पेलोसीले आज बिहान ताइवानको संसदमा सम्बोधन गरेपछि वेनसँग छलफल गरेकी हुन्।

त्यसक्रममा पेलोसीले चीनतर्फ लक्षित गर्दै विश्व लोकतन्त्र र निरंकुशताबिच लडिरहेको बताइन्।  

पेलोसीले ताइवानलाई एक्लै नछाड्ने भन्दै भनिन्, ‘आज विश्वले लोकतन्त्र र निरंकुशता बीचको छनौटको सामना गरिरहेको छ। ताइवान र विश्वमा लोकतन्त्र जोगाउन अमेरिकाको दृढ संकल्प छ।’

भेटका क्रममा वेनले अमेरिकी सभामुख पेलोसीलाई ताइवानको सर्वोच्च नागरिक सम्मान प्रदान गरेकी थिइन्। पेलोसीले आफूले पाएको पदकलाई अमेरिकी सदनमा लगाउने र त्यसले ताइवान र अमेरिकाबिचको मित्रतालाई थप बलियो बनाउने बताइन्।

राष्ट्रपति वेनसँगको भेटअघि अमेरिकी सभामुख न्यान्सी ताइवानको संसदमा पुगेकी थिइन्। संसदमा पुगेर सम्बोधन गरेकी उनले ताइवान विश्वकै स्वतन्त्र समाज मध्ये एक रहेको बताएकी थिइन्। सम्बोधनका क्रममा न्यान्सीले ताइवान र अमेरिकाबिच संसदीय आदानप्रदानमा जोड दिँदै ताइवानसँग विज्ञान प्रविधिको विकासमा साझेदारी बढाउन अमेरिकाले लगानी बढाउने बताइन्।

न्यान्सी ताइवान पुगेकोमा चीनले कडा विरोध जनाएको छ। चीनले ताइवानको वरिपरि ६ ठाउँमा ‘लाइभ फायर ड्रिल’ सँगै सैन्य प्रदर्शन गर्ने घोषणा गरेको छ।

चीनको विदेश मन्त्रालयले पेलोसीको चीन भ्रमणको विरोध गर्दै भनेको छ : चीनले यसलाई स्वीकार गर्दैन। चिनियाँ जनताले यसलाई अस्वीकार गर्छ। विदेश मन्त्रालयले आगोलसँग खेले नष्ट हुनुपर्ने भन्दै अमेरिकालाई चेतावनी पनि दिएको छ।

यसबिच विदेश मन्त्रालयले चीनका लागि अमेरिकी राजदूत निकोलस बर्न्सलाई बोलाएर पेलोसीको भ्रमणबारे विरोध जनाएको छ। चिनियाँ उपविदेशमन्त्रीले पेलेसीको भ्रमणलाई ‘खराब नियत’ भन्दै त्यसको परिणाम गम्भीर हुने चेतावनीइ दिएका छन्।

चिनियाँ कम्युनिष्ट पार्टीको ताइवान हेर्ने मामिला हेर्ने कार्यालयले पेलोसी ताइवान पुगे पनि चीनको पुनर्मिलन प्रक्रिया रोक्न नसक्ने बताएको छ। ‘पुनर्मिलन हुनुपर्छ र हासिल गरिनेछ,’ कार्यालयले भनेको छ।

पेलोसीले ताइवानका राष्ट्रपतिलाई भेट्ने कार्यक्रम छ। पेलोसीले भने आफ्नो ताइवान भ्रमण त्यहाँको प्रजातन्त्र रक्षाको लागि अमेरिकाको समर्थनको सम्मानको लागि भएको बताएकी छिन्।

यता, चीन भने हाइ अलर्टमा छ। चीनले जुनसुकै बेला सैन्य गतिविधिलाई अगाडि बढाउने सक्ने भन्दै अमेरिकी युद्धपोतहरु पनि ताइवान नजिकै तैनाथ गरिएको बताइन्छ। चिनियाँ रक्षा मन्त्रालयले भने अखण्डता र सार्वभौमसत्ता जोगाउन आफूहरु पछि हट्ने जनाएको छ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img