spot_img

कानुन बमोजिमबाहेक कर्मचारीलाई दिएको गाडी र इन्धन सुविधा तत्काल बन्द गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले कानुन बमोजिम सुविधा पाउनेबाहेकका कर्मचारी तथा अन्य पदाधिकारीलाई सवारीसाधन सुविधा र इन्धन नदिन निर्देशन दिएका छन्। मन्त्री र सचिवहरुको संयुक्त बैठकलाई प्रधानमन्त्री देउवाले सो निर्देशन दिएका हुन्।

इन्धनको मूल्यवृद्धिसँगै विदेशी मुद्रामा चाप परिरहेको भन्दै देउवाले कानुनले तोकेबाहेकका कर्मचारीलाई सवारी र इन्धन सुविधा नदिन निर्देशन दिएका हुन्।

प्रधानमन्त्रीले ६ महिनाभित्र तरकारी तथा फलफूल र एक वर्षभित्र खाद्यान्नमा आत्मनिर्भर हुनेगरि तयारी गर्न पनि मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन्। विद्युत खपत बढाउने, निर्यातलाई प्रवर्द्धन गर्नेलगायतका काम सबै मन्त्रालयले योजना बनाएर अघि बढ्न पनि प्रधानमन्त्रीको निर्देशन दिए।

देउवाले जनतालाई दिने सेवालाई सर्वोपरि मानेर सेवा दिन निर्देशन दिए। टेबल टेबलमा हुने शासन अन्त्य गर्न देउवाले निर्देशन दिए।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img